१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ २०, २०७७

चीनले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको नक्कली खोप बनाएको भन्दै ८० जनालाई पक्राउ गरेको छ । चिनियाँ समाचार एजेन्सी सिह्वाका अनुसार उनीहरुले तीन हजार डोज कोरोना खोप उत्पादन गरेका थिए । सोमबार प्रकाशित समाचारमा उल्लेख गरिएअनुसार गत सप्टेम्बरदेखि नै उनीहरुले खोप निर्माणको काम गर्दै आएका थिए । चिनियाँ प्रहरीले अहिले सबै नक्कली खोपहरु नष्ट गरिएको बताएको छ ।

प्रहरीले दिएको जानकारीअनुसार आरोपीहरुले स्लाइनलाई सिरिन्जमा तानेर नक्कली खोप तयार पार्थे । प्रहरीका अनुसार उनीहरुको उद्देश्य नक्कली विदेश पठाउनु थियो । समाचारमा उल्लेख गरिएअनुसार अहिले चीनले यस विषयमा अनुसन्धान गरिरहेको छ । चीनले आफ्ना नागरिकहरुलाई सिनोभ्याक र सिनोफर्मले बनाएको खोप लगाइरहेको छ । यी खोपले टर्की, ब्राजिल, यूएईलगायत मुलुकमा पनि अनुमति पाइसकेका छन् ।

चिनियाँ प्रहरीले बेइजिङ, सांघाई र शाङडोङ प्रान्तमा चालेको अपरेसनको क्रममा नक्कली खोप बनाउने मानिसहरु पक्राउ परेका हुन् । अहिले विश्वभर कोरोना महामारी अन्त्यको लागि व्यापक मात्रामा खोपको माग भइरहेको छ भने उत्पादकलाई पनि माग धान्न गाह्रो भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]