सप्तरी-सप्तरीको खडक नगरपालिका वडा न.११ लालपुरमा युवती माथि बलात्कार भएको घटना जनदवावमा आएर भनिएको पिडितले बताएकाा छन ।
स्थानीय तीन जना युवा मिलेर सोही ठाउँकी दुई जना दलित युवतीमाथि बलात्कार गरीएको घटना विभिन्न संचारमाध्यमा आएको कुरा झुठो र कपोकल्पित रहेको पिडितका परिवारजनले बताएका छन । स्थानीय सत्रुधन मण्डलले आफना छोरी र छिमेकी एक जना युवती घाँस काटेर घर फर्किने क्रममा मोटरसाईकलमा आउँदै गरेको तीन जना युवकले अन्ध्यारोमा पछाडीबाट छोरीलाई ठोकिएपछि गाली गलौज भएको अवस्थामा दुई पक्षबिच भएको वादविवादको क्रममा छोरीको गरगहना हराएको पिडितका परिवारजनले बताएका छन ।
सोही क्रममा छोरीले ति युवकहरुलाई गाली गलौज गरेको र सोही क्रममा विवाद हुँदा भएको झगडामा गरगहनाहरु हराएको तथा सो वापत आफुले क्षतिपुर्तिको रकम रु.२ लाख पाईसकेको पिडित युवतीका वुवा सत्रुधन मण्डलले संचारकर्मीहरु समक्ष बताएका छन । आफनो छोरी तथा छिमेकीको छोरीलाई समेत कसैले बलात्कार नगरेको दावी गर्दै पिडित मण्डलले वादविवाद तथा झै झगडाको क्रममा छोरीको कान र नाकमा रहेको ६ आना सुन हराएको पिडितले बताएका छन । सोहीक्रममा ति युवाहरुले मोटरसाईकल समेत छोडेर भागेको अवस्थामा सो मोटरसाईकल ईलाका प्रहरी कार्यालय कल्याणपुरका टोलीले नियन्त्रणमा लिएको थियो ।
सोही विषयलाई लिएर गाउँमै भएको पन्चायतबाट पिडित युवतीलाई गरगहना हराए वापतको क्षतिपुर्ति रकम स्वरुप ३ लाख दिने निर्णय भएको र सोही अनुरुप आफुले २ लाख र अर्का पिडितले १ लाख रकम पाईसकेको बताएका छन ।
यसैबिच स्थानीय केही ब्यक्तिहरुको दवावमा आएर आफुले ईलाका प्रहरी कार्यालयमा पुगेको तथा सोही क्रममा स्थानीय केही ब्यक्तिहरुले नै बलात्कार भएको भन्न सिकाएपछि आफु तथा आफनो श्रीमति समेतले आफनो छोरीलाई बलात्कार गरेको दावी गर्न थालेको पिडितले संचारकर्मीहरु समक्ष स्विकार गरेका छन ।
आफनो छोरीमाथि कुनै किसिमको बलात्कारको घटना नभएको दावी गरेका छन ।
यसअघि गत भदौं २३ गते नै स्थानीय १८ बर्षिय छोरी रामसति कुमारी मण्डल र छिमेकी १६ बर्षिया पविता कुमारी मण्डलकाो बलात्कार भएको भनि समाचार केही संचारमाध्यममा आएको भनि गरिएको प्रश्नमा पिडित मण्डलले त्यस्तो कुनै किसिमको बलात्कारका प्रयास नभएको दाबी गर्दै केही ब्यक्तिहरुकै दवावमा आएर आफुले यस्तो भनेको बताएका छन ।
यसैबिच पिडित परिवारजनले यसअघि पन्चायतबाट गरिएको निर्णय अनुसारको रकम पाएपछि आफुहरु खुशि समेत रहेको पिडितका परिवारजनले ब्यक्त गरेका छन ।
यसैबिच सोही विषयमा जिल्लाको खडक नगरपालिका वडा न.११ का वडाअध्यक्ष रामकृष्ण चौधरीले आफनो वडामा बलात्कारको कुनै किसिमको घटना नभएको दावी गर्दै उहाँले ति युवतीहरु घाँस काटेर घरतर्फ फर्किने क्रममा मोटरसाईकल ठोकिएर गाली गलौज तथा कुटपिट गरीएको दावी गर्दै उहाँले बलात्कार नभई कुटपिट नै भएको बताउनुभयो ।
सोही क्रममा स्थानीय तिन वडा ९, १० र ११ नम्बर वडाका वडाअध्यक्ष सहित स्थानीय भद्रभलादमी ,बृद्धिजिवी सहितको उपस्थितिमा भएको पन्चायतको निर्णय अनुसार ति पिडित दुवै जना युवतीका परिवारजनलाई ३ लाख क्षतिपुर्ति वापतको रकम मध्ये १ लाख ५० हजार र अर्का पिडितलाई पनि १ लाख ५० हजार रकम दिने निर्णय भएको थियो ,तर सो विषयमा अर्का पिडित ननकी भनिने पारो देवी मण्डललाई केही ब्यक्तिहरुले उनलाई सबै पैसा तिमिलाई नै दिन्छ भनि उष्काएपछि उनले कुटपिट घटनालाई बलात्कार गरीएको भनि दावी गरेको बताउनुभयो ।
तर वडाअध्यक्ष चौधरीले बलात्कार जस्तो कुनै पनि घटना नभएको दावी गर्दै उहाँले कुटपिट नै भएको दावी गर्नुभयो । यता अर्का पिडित ननकि भनिने पारो देवी मण्डललाई सम्पर्क गर्दा उहाँ घरमा नरहेको अवस्थामा उहाँसँग सम्पर्क हुन सकेन । तर स्थानीयबासीहरुका अनुसार ति महिला क्षतिपुर्ति वापतको १ लाख रकम लिएर त्यही दिन गाउँबाट निस्कि सकेको बताउनुभयो ।