कोभिड–१९ खोप अभियान अन्तर्गत आज (बिहीबार) अपरान्ह ४ बजेसम्म एक लाख ५८ हजार ४८७ जनाले खोप लगाएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकरी अनुसार ७७ वटै जिल्लाका २०१ खोप केन्द्रहरुबाट सो संख्यामा खोप लगाइएको हो।प्रदेश नं १ मा २१ हजार ७५४, प्रदेश नं २ मा २१ हजार २८५, वागमती प्रदेशमा ५५ हजार ५०४, गण्डकीमा १७ हजार २६७, लुम्बिनीमा २३ हजार ७९८, कर्णालीमा आठ हजार ७२ र सुदूरपश्चिम प्रदेशमा १० हजार ९०७ जनाले खोप लगाएका छन्।
पहिलो चरणमा माघ २४ गते शनिबारसम्म खोप लगाइने पनि मन्त्रालयले जनाएको छ। सरकारले प्राथमिकताको आधारमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी तथा कोरोना विरुद्ध उपचारमा संलग्न व्यक्तिहरुलाई खोप लगाइरहेको छ।