काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरी इवांका ट्रम्प र ज्वाईं ज्यारेड कुशनरको कमाई गत वर्षमा करिव २० प्रतिशतले घटेको छ ।
इवांका ज्यारेडले २०२० र २०२१ का पहलिो २० दिनका लागि आफ्नो आम्दानीको ८७४ करोड रुपैयाँ रहेको बताएका हुन् ।एक वर्ष अगाडि उनीहरुको आम्दानी ११ सय करोड रुपैयाँ थियो ।यसको कारण कोरोना महामारी हुन सक्ने बताइएको छ ।
इवांका र कुशनगर ह्वाइट हाउसमा ट्रम्पको राष्ट्रपति कार्यकालमा सल्लाहकारको रुपमा काम गर्दथे । तर उनीहरुले सरकारी स्यालरी लिन अस्वीकार गरेका थिए ।