१९ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ २३, २०७७

बलिउड अभिनेता विवेक ओवरायले पछिल्ला १८ वर्षमा २ लाख ५० हजार बढी क्यान्सरसँग लडिरहेका बच्चालाई सहयोग गरेका छन्। बलिउड हंगामाका अनुसार विवेकले सन् २००४ देखि विपन्न परिवारमा जन्मे-हुर्केका क्यान्सर पीडित बालबालिकालाई विभिन्न आर्थिक तथा भावनात्मक रुपमा सहयोग गरेका हुन्।

सन् २००४ मा विवेकले क्यान्सर बिरामी सहायता संघ (सिपिएए) सँग सहकार्य गरेका थिए। उनले त्योबेला आफ्नो जन्मदिन क्यान्सरसँग लडिरहेका बालबालिकाहरूसँग मनाएका थिए। विवेक ती बालबालिकालाई ‘परी’ भन्छन्।क्यान्सरको लडाइमा सफल बालबालिकाहरूले अन्य बालबालिकाहरूलाई भावनात्मक रूपमा रोगसँग लड्न प्रेरित गर्न सक्षम हुन्छन्। यो देखेका विवेकले आजसम्म पनि आफ्नो जन्मदिन यिनै बालबालिकासँग मनाउँदै आएका छन्। उनी बच्चाहरूलाई रमाएको हेर्न चाहन्छन्। त्यसका लागि जादु सो गर्ने, फिल्म देखाउने गर्छन्। विगत १८ वर्गमा सिपिएएसँगको सहकार्यमा विवेकले सडकमै रात कटाउने परिवारहरूलाई पनि मद्दत गरेका छन्। विवेकको यो निरन्तर कार्यले थुप्रै गरिब तथा विपन्न किसान परिवारलाई निकै सहायता पुगेको छ। विवेका अनुसार कोही पनि बच्चाले परिवार गरिब भएकै कारण आफ्नो ज्यान गुमाउन नपरोस् भन्ने हो। हरेक बालबालिकाले रोगसँग लड्न राम्रो उपचार पाउनुपर्छ भन्ने उनको मान्यता हो।

‘यी परीहरूसँग भेट्ने सौभाग्य पाएको छु। निकै खुसी लाग्छ। मेरो तर्फबाट सक्ने मद्दत गर्दैछु,’ विवेकले भनेका छन्, ‘उनीहरूको अनुहारको मुस्कान, आँखाका चमकले नै मलाई प्रेरणा दिन्छ।’ विवेकले हरेक क्षेत्रबाट आफूले सक्दो सहयोग गर्न आह्वान गरेका छन्। उलने क्यान्सरसँग लडिरहेका बालबालिकालाई बिरामीभन्दा पनि संसारकै सबैभन्दा साहसी बच्चाहरू भन्न रुचाउने पनि बताए। ‘किनभने जम्मा ७-८ वर्षको उमेरमा उनीहरू क्यान्सरसँग लडिरहेका छन्,’ उनले भने। बिहिबार विश्व क्यान्सर दिवसको दिन अभिनेता विवेकले आफ्नो सामाजिक सञ्जालमार्फत ती बालबालिकालाई हौसला प्रदान गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका छन्।

सन् २००२ देखि बलिउड प्रवेश गरेका विवेकले ‘कम्पनी’, ‘साथिया’, ‘लक बाइ चान्स’, ‘ग्रान्ड मस्ती’, ‘बैंक चोर’ लगायत फिल्ममा अभियन गरेका छन्। उनले बलिउडसँगै तलेगु र मलयालम फिल्ममा पनि अभिनय दिएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]