सप्तरी – नेपालमा एकै दिन ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६ सय ४५ पुगेको छ ।
५ वटा जिल्लाका २ महिला र ७ पुरुष गरी ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सुनसरीमा ३७, ८९ र ९० वर्षीय पुरुष, काठमाडौंमा ७१ वर्षीया महिला, ६३ र ६७ वर्षीय पुरुष, ललितपुरमा ५० वर्षीय पुरुष, चितवनमा ४० वर्षीया महिला र रुपन्देहीमा ७४ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यसअघि आइतबार २२ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ५८ प्रतिशत छ ।