काठमाडौं । भारतको उत्तराखण्डस्थित चमोली जिल्लामा आज (आईतवार) ग्लेशियर फुट्दा १५ण् जना बेपत्ता भएका छन् । बेपत्ता भएकाहरु सबैजना मजदूर रहेको बताइएको छ ।
चमोलीको तपोवन क्षेत्रमा भएको यो घटनाबाट ऋषिगंगा पावर प्रोजेक्टलाई धेरै नोक्शान भएको बताइएको छ ।त्यहाँ काम गर्ने १५० जना मजदूर बेपत्ता भएका छन् ।
नदीको किनारमा बसेका केहि घर पानीमा बगेका छन् । नजिकका गाउँलाई खाली गराइएको छ ।