१० मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, माघ २५, २०७७

प्रदेश १ को प्रदेश सभा बैठक अझै सुरु हुन सकेको छैन। आइतबार २ बजेका लागि बोलाइएको नेकपाका दुई समूहबीच कार्यसूचीलाई लिएर विवाद हुँदा अझै सुरु हुन नसकेको हो। कार्यसूचीमा के राख्ने भन्ने विषयमा सहमति हुन नसक्दा बैठक सुरु हुन नसकेको हो।

कार्यसूची तय गर्न १२ बजेदेखि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा अझै चलिरहेको छ। ओली पक्षीय नेताहरुले मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव टेबल हुन नसक्ने अडान लिएका छन्। त्यसै गरी राईले निलम्बन गरेका १६ जना सांसद प्रदेश सभामा सहभागी हुन नपाउने सर्त लिएका छन् ।’२ बजेका लागि बोलाइएको संसद बैठकका लागि माननीयज्यूहरु आइपुग्नु भएको छ’ प्रदेशसभा एक कर्मचारीले भने, ‘कार्यव्यवस्था समितिको बैठक चलिरहेको छ, अहिलेसम्म कति खेर बस्ने टुंगो लागेको छैन ।’

यस अघि माघ ७ को प्रदेश सभा बैठक प्रदेश प्रमुखले अधिवेशन आव्हानसम्बन्धी पठाएको पत्र पढेर स्थगित भएको थियो। अविश्वासको प्रस्तावलाई कसरी अगाडि बढाउने भन्ने विषयमा कुनै सहमति हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]