सप्तरी – प्रधानमन्त्री ओलीको असम्बैधानिक कदमको विरोधमा अखिल नेपाल महिला संघ (प्रचण्ड–माधव) समूहले आईतवार १२ वजे तिर प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाएको छ।
महिला संघका प्रदेश अध्यक्ष एवं माननिय रुबी कुमारी कर्णको नेतृत्वमा रहेको महिला संघको पदाधिकारी ले ज्ञापन बुझाएका थिए । सो अवसरमा माननिय प्रदेश सभा सदस्य प्रमिला यादव ,सुनिता साह लगायतकाहरुकाे समेत सहभागिता रहेको थियो।