१० मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, माघ २६, २०७७

वीरगन्ज-विघटित प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका नेता गगन थापाले अहिलेसम्म नेपालमा एउटा पनि मधेशी, थारु वा मुस्लिम प्रधानमन्त्री किन भएन भन्ने प्रश्न गरेका छन् ।

नेपाली कांग्रेसले वीरगन्जमा आइतबार आयोजना गरेको वृहत् पार्टी प्रवेश कार्यक्रम तथा आमसभामा सम्बोधन गर्दै यस्तो प्रश्न गरेका छन् ।‘यो संविधान भन्यो कि नेपालका सबै नागरिक बराबर ।’ नेता थापाले भने, ‘यो देशमा राजनीतिक दल फेरिन्छ, प्रधानमन्त्रीको नाम फेरिन्छ, कहिले दाहाल, कहिले भट्टराई, कहिले नेपाल, कहिले ओली, कहिले कोइराला, कहिले देउवा लगायतका सबै प्रधानमन्त्री हुँदै गर्दा प्रधानमन्त्रीको यत्रो लामो सूचिमा एउटा मधेशी, थारु वा मुस्लिमको नाम अहिलेसम्म किन आएन भनेर प्रश्न गर भन्यो यो संविधानले ।’उनले यो संविधानले सबै नेपाली बराबर भन्छ, तर बराबर भनेपछि समान अवस्था छ कि छैन भनेर प्रश्न गर्न प्रेरित गरेको धारणा राखेका छन् ।उनले भने, ‘यत्रो नेपालको रक्षा गर्ने जिम्मा लिएको नेपाली सेनाको सेनापति कहिले पाण्डे, कहिले राणा, कहिले कटुवाल, कहिले थाहा हुन्छ तर कहिल्यै एउटा यादव, झा, कुर्मी, थारु वा मुस्लिम किन हुन्न ? यो प्रश्न गर्न हाम्रो संविधानले उत्प्रेरित गर्छ । हामी सबैले प्रश्न गर्ने बेला हो यो ।

नेपालको राज्य पुनर्संरचना गर्ने भनेको सात वटा प्रदेश बनाउने मात्र नरहेको बताउँदै प्रदेश नं. २ भनेर प्रदेशको एउटा सीमा कोरेर नेपालको राज्यको चरित्र नबदलिने दाबी गरे ।उनले नेपालको राज्य पुनर्संरचना गर्ने भनेको राज्यको चरित्र, यसको सोच, शैली र चिन्तन बदल्नुपर्ने बताए । ‘सबैलाई बराबर अवसर उपलब्ध गराउनु हो ।’ उनले भने ।

उनले भने, ‘यही सन्दर्भमा नेपाली कांग्रेस पार्टी योभन्दा अघिल्लो चुनावमा आएर भन्यो । हामी टोपी लगाउनेको पनि पार्टी, हामी धोती लगाउनेको पनि पार्टी हो । हामी धोती लगाउनेको बीचमा आएर टोपी लगाउनेलाई गाली गर्दैनौं र टोपी लगाउनेको बीचमा गएर धोती लगाउनेलाई गाली गर्दैनौं । हामी दुईटैको पार्टी हौं ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]