काठमाडौं – चालु आर्थिक बर्षको पुस मसान्तसम्म सानिमा लाइफ इन्स्योरेन्सले ५ करोड ५४ लाख ९१ हजार खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो ।
कम्पनीको यो नाफा गत आवको सोही अवधी बढी हो । गत आवको सोही अवधीमा कम्पनीले रु. ४ करोड ८० लाख ८४ हजार खुद नाफा कमाएको थियो । यस्तै, समिक्षा अवधीमा कम्पनीले रु. ९७ करोड १६ लाख कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीको बीमाशुल्क संकलन पनि बढेको छ । गत आवको सोही अवधीमा कम्पनीले रू. ४१ करोड ११ लाख बीमशुल्क संकलन गरेको थियो ।
हाल कम्पनीको चुक्तापुँजी रू. १ अर्ब ४० करोड रहेको छ । कम्पनीले जगेडामा रु. १७ करोड १९ लाख ४७ हजार जम्मा गरेको छ । यस्तै, बीमा कोषमा रु. १ अर्ब ६३ करोड जम्मा