०९ मंसिर २०८१, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, माघ २६, २०७७

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले इरानमाथि लगाइएको नाकाबन्दी नहटाउने जानकारी दिनुभएको छ ।

एक अमेरिकी सञ्चारमाध्यमलाई दिनुभएको अन्तर्वार्ताका क्रममा राष्ट्रपति बाइडेनले यस्ताे बताउनुभएको हो । इरानले युरेनियमको प्रयोगसम्बन्धी कार्य बन्द नगर्दासम्म अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध नहटाउने जानकारी उहाँले दिनुभएको बताइएको छ । ‘यदि इरानमाथिको प्रतिबन्ध हटाउने हो भने यसभन्दा अगाडि नै इरान वार्ताको टेबलमा आउने र आणविकसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने गर्नुपर्छ’- राष्ट्रपति बाइडेनले भन्नुभयो । अमेरिकाको सीबीएस न्यूजलाई शुक्रवार दिएको अन्तरवार्तामा उहाँले यस कुरामा जोड दिनुभएको समाचारमा जनाइएको छ । इरानका विदेशमन्त्री मोहमद जभाद जारिफले गएकाे शनिवार एक अन्तरवार्ताका क्रममा अमेरिकाले आफूहरुमाथि अवैधानिक रुपमा नाकाबन्दी लगाएको बताउनुभएको थियो ।

त्यस लगत्तै अमेरिकी राष्ट्रपति बाइडेनको यस्ताे प्रतिक्रिया आएको छ । विदेशमन्त्री जारिफले अमेरिकाले आफूहरुमाथि लगाएको प्रतिबन्दका कारण आफूहरुको धैर्यता टुटिसकेको बताउनुभएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]