काठमाडौं : सहकारीबाट लाखौँ रुपैयाँ चोरी भएको छ । काठमाडौं महानगरपालिका–३२ कोटेश्वर महादेवस्थान मन्दिर नजिक रहेको शौभाग्यशाली बचत तथा ऋण सहकारी संस्थाबाट नगद १७ लाख ८५ हजार ५ सय ६५ रुपैयाँ गए राति चोरी भएको हो ।
प्रहरीले सोधपुछका लागि सोही संस्थाकी लेखा प्रमुखलाई नियन्त्रणमा लिएको छ । प्रहरीले चोरीबारे थप अनुसन्धान गरिरहेको छ ।