अमेरिकी राज्य फ्लोरिडाको ओल्ड्समारको पानी आपूर्ति हुने पाइपमा विष हाल्न खोजिएको छ।
एक कम्प्युटर ह्याकरले ओल्ड्समारको पानी आपूर्ति हुने पाइप प्रणालीको जानकारी पत्ता लाएपछि त्यहाँ घातक रसायन मिसावट गर्न खोजिएको थियो।बीबीसीका अनुसार ती ह्याकरले पानीमा सोडियम हाइड्रोअक्साइडको मात्रा बढाएका थिए। तर त्यहाँका कर्मचारीले पानीमा सोडियम हाइड्रोअक्साइडको मात्रा बढेको देखेपछि पानी आपूर्ति बन्द गरेका थिए।लि नामले चिनिने रसायन सोडियम हाइड्रोअक्साइडले पानीमा एसिडिटी कम गर्दछ। तर यसको बढी मात्राले भने समस्या निम्त्याउँछ।ओल्ड्समारका मेयर इरिक सेदिलका अनुसार खराब मानिसले नराम्रो कामको प्रयास गरेका छन्।ओल्ड्समारको पानी आपूर्ति प्रणालीमा कसले ह्याकिङ गरेको भनेर हालसम्म पत्ता लाग्न नसकेको र घटनाको विस्तृत अनुसन्धान भइरहेको बताइएको छ।
ओल्ड्समार प्लान्टबाट १५ हजार नागरिकको लागि पानी आपूर्ति हुन्छ।