०५ आश्विन २०८१, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ २७, २०७७

सिन्धुलीको भिमानस्थित ममता आयल सेन्टरले सरकारले तोकेकोभन्दा बढी मूल्यमा पेट्रोलियम पदार्थ बिक्री–वितरण गरेको पाइएको छ । ममताले प्रतिलिटर एक रुपैयाँ बढीमा पेट्रोलियम पदार्थ बिक्री–वितरण गर्दै आएको पाइएको हो ।

धनुषाको महेन्द्रनगर नेपाल आयल निगमको डिपोअन्तर्गत पर्ने सो पेट्रोल पम्पले सरकारले तोकेको मूल्यभन्दा एक रुपैयाँ बढी प्रतिलिटर पेट्रोलियम पदार्थको बिक्री–वितरण गर्दै उपभोक्ताले बताएका छन् । सरकारले पेट्रोल प्रतिलिटर १०८ रुपैयाँ ५० पैसा र डिजेल ९१ रुपैयाँ ५० पैसा दर रेट तोकेको छ । तर, ममता आयल सेन्टरले पेट्रोल प्रतिलिटर १०९ रुपैयाँ ५० पैसा र डिजेल प्रतिलिटर ९२ रुपैयाँ ५० पैसामा बिक्री–वितरण गर्दै आएको छ । यसैबीच, सरकारी स्वामित्वकै धनुषाको महेन्द्रनगरस्थित नेपाल आयल निगमको डिपोले वर्षौँदेखि सिन्डिकेट लागू गरेको व्यवसायीले आरोप लगाएका छन् । नेपाल आयल निगमको महेन्द्रनगर डिप्पोले डिजेल, पेट्रोल ढुवानी गर्ने ट्रयांकरमा वर्षौँदेखि सिन्डिकेट लागू गरेको उनीहरूको आरोप छ ।

महेन्द्रनगर डिपोसँग करिब सयवटा डिजेल पेट्रोल ओसारपसार गर्ने ट्यांकर रहेका छन् । तर, डिपो आफैँले सिन्डिकेट लगाएपछि पेट्रोल पम्पका सञ्चालकदेखि ट्यांकरधनीसमेत मर्कामा परेको गुनासो व्यवसायीको छ । कतिपय पेट्रोल पम्पका सञ्चालकहरूसँग आफ्नै ट्यांकर छ । तर, उनीहरूले आफ्नै पम्पमा डिजेल वा पेट्रोल आवश्यकता परेको खण्डमा आफ्नो पालो कुर्नुपर्ने बाध्यता रहेको एक पेट्रोल पम्पका सञ्चालकले बताए ।सिन्डिकेटका कारण आपूर्ति गर्ने तेलको गुणस्तरमा समेत शंका लाग्ने गरेको उनले बताए । ‘ट्यांकरचालकहरूले तेलमा चोरी वा मिसावट गर्ने गरेको घटना पटक–पटक सार्वजनिक भएको छ,’ उनले भने, ‘त्यसकारण हामीले आफ्नै ट्यांकरबाट तेल आपूर्ति गर्न सक्दैनाँै । कारण डिपोले नै ट्यांकरमा सिन्डकेट लगाएको छ ।’
नेपाल ट्यांकर संघ धनुषाका अध्यक्ष जोगी यादवले पनि डिपोले नै ट्यांकरमा आलोपालो व्यवस्था गरेको बताए ।

डिपो प्रमुख मनोज यादवले सिन्डिकेट नभई आलोपालो सिस्टम लगाएको बताए । साहले भने, ‘यो सिस्टम हामीले लगाएका होइनौँ, ट्यांकरलाई व्यवस्थापन गर्न ट्यांकरचालकहरू आफैँले त्यो सिस्टम लागू गरेका हुन् । र, सिस्टम लागू नगरे सबै ट्यांकरले काम गर्न सक्दैनन्, सबैले काम पाओस् भन्ने उद्देश्यले यो सिस्टम लगाइएको छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]