काठमाडौं_ शिवम् सिमेन्टले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण आज सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले १६.१३ प्रतिशतले नाफा गरेको हो । गत आवको सोही अवधिमा कम्पनीले ५० करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । चालु आवमा ५८ करोड ९६ लाख रुपैयाँ नाफा कम्पनीले आर्जन गरेको छ ।
चालु वर्षको पहिलो त्रैमासमा कम्पनीले २९ करोड रुपैयाँ नाफामा बृद्धि गरेको विवरणमा उल्लेख गरिएको छ । यो अवधिमा कम्पनीले सिमेन्ट बिक्रिबाट ४ अर्ब २५ करोड रुपैयाँ आम्दानी गरेको छ । यो बाहेक ३ करोड ४८ लाख रुपैयाँ आम्दानी भएको छ ।
३ अर्ब ५८ करोड रुपैयाँ कुल खर्च भएको यस कम्पनीमा ७३ करोड रुपैयाँ कच्चा पद्वार्थ खरिदमा खर्च गरेको जनाएको छ । ९१ करोड ४२ लाख रुपैयाँ बिजुली लगायतको उर्जामा खपत भएको छ ।