११ मंसिर २०८१, मंगलबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ २७, २०७७

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भवन शीतलनिवास पुगेका छन् ।

मंगलबार निर्वाचन आयोगका पदाधिकारीसँगको छलफल सकेर प्रधानमन्त्री ओली सीधै राष्ट्रपति निवास पुगेको सञ्चारविज्ञ रामशरण बजगाईंले जानकारी दिए ।

“निर्वाचनसम्बन्धी जानकारी गराउन प्रधानमन्त्रीज्यू शीतलनिवास जानुभएको हो । वैशाख १७ गते र २७ गते दुई चरणमा निर्वाचन गराउन हिजो मन्त्रिपरिषद्को बैठकले आवश्यक निर्णय गरेको थियो । आजै मात्र पनि निर्वाचन आयोगसँग चुनावको तयारीबारे छलफल भयो । यो सबै जानकारी गराउन उहाँ शीतलनिवास जानुभएको हो,” बजगाईंले बाह्रखरीसँग भने ।

सरकारले वैशाख १७ गते प्रदेश नम्बर–२, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा तथा २७ गते बाँकी प्रदेशमा निर्वाचन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीले आजै मात्र आयोगका प्रमुख आयुक्त र आयुक्तहरूलाई भेटेर निर्वाचन प्रक्रिया अघि बढाउन आवश्यक निर्देशन दिएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]