१९ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ २७, २०७७

काठमाडौं । चक्रपथको कोटेश्वर–कलङ्की खण्डमा तीन आकाशे पुलको निर्माण ठेक्का सम्झौता भएको दुई वर्षपछि काम शुरु हुन लागेको छ । ६ स्थानमा आकाशे पुल निर्माण शुरु गरिएकामा यी तीन स्थानमा डिजाइनमा नै समस्या भएकाले विगतका वर्षहरुमा निर्माण हुन नसकेको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ ।

चीन सरकारको आर्थिक सहयोगमा निर्माण भएको सो सडकमा नेपाल सरकारले एक÷एक किलोमिटरको दूरीमा पर्ने गरी छ स्थानमा आकासेपुल निर्माण शुरु गरेको थियो । महालक्ष्मीस्थान, बल्खु र सानेपामा अहिले यी पुलको डिजाइन सच्याएर निर्माण अघि बढाइरहेको योजनाका प्रमुख अर्जुन सुवालले बताए । उनका अनुसार निर्माण व्यवसायीका कारणले नभएर यी पुल निर्माण सडक विभाग र योजना कार्यालयकै कारण ढिलाइ भएको हो । यी पुलको निर्माण एउटै कम्पनीमार्फत भइरहेको छ । डिजाइनको समस्या हटाइएकाले अब लामो समय नलाग्ने उनले बताए । गत महिनामा अवधि सकिएको भए पनि पुल निर्माणमा थप ६ महिना थपिएको छ । उनले भने, “असार मसान्तसम्ममा नै पुल निर्माण भइसक्ने देखिएको छ ।” यसअघि नै सातदोबाटो, बालकुमारी र एकान्तकुनामा पुल निर्माण सम्पन्न भएर प्रयोगमा आइसकेको छ । चीन सरकारको सहयोगमा निर्माण भएको सो सडकमा पहिले तीन स्थानमा मात्रै आकाशे पुल निर्माण गर्ने गरी डिजाइन तयार भएको थियो । सोही आधारमा चिनियाँ कम्पनीले कोटेश्वर, ग्वार्को र बागडोल गरी तीन स्थानमा पुलको निर्माण गरेको थियो । आठ लेन चौडाइको सो सडकमा सवारी साधनको गति उच्च हुने भएकाले पैदल यात्रुका लागि थप आकाशे पुलको आवश्यकता भएको भन्दै विभागले थप ६ स्थानमा पुल निर्माण अघि बढाएको थियो ।

चीन सरकारले सडक हस्तान्तरणपछिको एक वर्ष मर्मत अवधि चलिरहँदा विभागले पुल निर्माण शुरु गरेको थियो । चक्रपथको पहिलो खण्डमा कम सङ्ख्यामा पुल भएकाले समस्या भएकाले विभागले विस्तारको क्रममा रहेको चक्रपथको दोस्रो खण्ड (कलङ्कीबाट गोपीकृष्ण हल अगाडिसम्म) प्रत्येक एक किमीमा एउटा आकाशेपुलको प्रस्ताव गरेको छ । झण्डै १० किमी लम्बाइको सडकमा नौ आकाशे पुल निर्माण गर्ने गरी डिजाइन भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]