१० मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, आश्विन २९, २०७७

सप्तरी,२९असोज: वीर अस्पतालको आइसियु खाली नहुँदा एक जना बिरामीको मृत्यु भएको छ। ब्रेन ट्युमर भएकी रौतहटको कटहरिया नगरपालिका वडा नं ४ की ४३ वर्षीया एक महिलाको आइसियु अभावमा मृत्यु भएको हो।
ब्रेन ट्युमरको उपचार गर्न उनी असोज २ गते अस्पताल भर्ना भएकी थिइन्। पिसिआर परीक्षणमा उनको कोरोना पोजेटिभ आएपछि उनलाई कोरोना वार्डमा राखिएको थियो।
बिरामीको अवस्था गम्भीर भएकाले बुधबार साँझ मृत्यु भएको अस्पतालका निर्देशक डा केदार सेन्चुरीले बताए। तर बिरामीका आफन्तले भने अस्पतालको लापरबाहीले मृत्यु भएको आरोप लगाएका छन्।
मृतकका छोरा विजय यादवले अस्पतालले उपचारमा लापरबाही गर्दा आमाको मृत्यु भएको बताए। आमालाई दिउँसोदेखि श्वासप्रश्वासमा समस्या भएपनि कुनै पनि चिकित्सकले हेर्न नआएको उनले बताए। छोरा यादवका अनुसार उनको कोरोना नगेटिभ आइसकेको छ।
उनले भने, ‘आमालाई दिउँसोदेखि श्वास फेर्न गाह्रो भएको थियो। मैले आमालाई गाह्रो भयो हेरिदिनु न भन्दा कसैले सुनेनन्। नर्सले पनि डाक्टर आएपछि हेर्नुहुन्छ मात्र भने। अस्पतालले उपचार नगर्दा मेरो आमाको मृत्यु भयो।’
अस्पतालका निर्देशक डा सेन्चुरीले उनलाई आइसियुमा भर्ना गर्नुपर्ने भएपनि आइसियु खाली नभएका कारण आइसोलेसनमै राखिएको बताए।
उनले भने, ब्रेन ट्युमरको बिरामी अनि कोरोना भएको थियो। उनको अवस्था गम्भीर थियो। आइसियुमा सार्नुपर्ने भएपनि हामीसँग बेड खाली थिएन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]