१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, माघ २८, २०७७

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अग्रपंक्तिमा खटिने शिक्षक–कर्मचारीका लागि कोरोना खोप व्यवस्था मिलाउन आग्रह गरेको छ । मन्त्रालयले सरकारको नीतिबमोजिम प्राथमिकताका आधारमा खोप व्यवस्था गर्न आग्रह गरेको हो । मंगलबार सचिवस्तरीय निर्णय गरी खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोधपत्र पठाइएको छ ।

मन्त्रालयले प्राथमिकताका आधारमा विद्यालय र विश्वविद्यालयमा कार्यरत शिक्षकलाई खोप लगाउने व्यवस्था गर्न अनुरोध गरेको पत्रमा उल्लेख छ ।यसअघि, शिक्षक महासंघ, नेपाल अभिभावक संघ, प्याब्सन, एनप्याब्सनलगायत सरोकारवाला निकायले लाखौं विद्यार्थीसंग जोडिने र फ्रन्टलाइनमा खटिने शिक्षकलाई कोभिड खोप लगाउनुपर्ने बताउ“दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको ध्यानाकर्षण गराइसकेका छन् ।शिक्षक महासंघ अध्यक्ष बाबुराम थापाले शिक्षकका लागि खोप व्यवस्था गर्न मन्त्री श्रेष्ठसमक्ष आग्रह गरिसकिएको जानकारी दिए । प्याब्सन अध्यक्ष टीकाराम पुरी र एनप्याब्सन अध्यक्ष ऋतुराज सापकोटाले कोभिड–१९ खोप सबै किसिमका शिक्षकलाई तत्काल लगाउने व्यवस्था गर्न मन्त्रालयलाई आग्रह गरेका छन् ।

मन्त्री श्रेष्ठले कोभिड–१९ खोप लगाउने अग्रपंक्ति सूचीमा शिक्षकलाई राख्न आग्रह गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्राचार गरेपछि थप प्रक्रिया अघि बढ्ने विषयमा आफू विश्वस्त रहेको उनले बताएका छन् । यसअघि, शिक्षा तथा मानव स्रोत केन्द्रले कोभिड–१९ खोप लगाउने विषयमा तथ्यांक संकलन गरिसकेको छ ।सरकारले दोस्रो चरणमा पत्रकार र दूतावास, कुटनीतिक नियोग अधिकारीलाई खोप लगाउन सुरु गरसकेको छ । गत १४ माघबाट थालिएको अभियानको दोस्रो चरण सोमबारबाट सुरु भइसकेको छ ।कोभिडविरुद्धको खोपका लागि शिक्षक–कर्मचारी विवरण संकलन गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै स्थानीय सरकारका शिक्षा शाखालाई गत १० पुसमै परिपत्र गरिसकेको छ ।स्वास्थ्य सेवा विभागले मन्त्रालयसँग सामुदायिक र संस्थागत शिक्षण संस्थामा कार्यरत सम्पूर्ण शिक्षकको नामावली पठाउन गरेको पत्राचारअनुसार केन्द्रले विवरण संकलन गरिसकेको छ ।

शिक्षा सचिव गोपीनाथ मैनालीले अब सुरु हुने खोप अभियान पहिलो प्राथमिकताकै दोस्रो चरण भएको बताए । खोपको प्राथमिकता निर्धारण गर्दा शिक्षकलाई पहिलो प्राथमिकतामै राखिएको र त्यो यथावत् रहेको उनी बताउ“छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]