११ मंसिर २०८१, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, माघ २८, २०७७

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा शक्ति प्रदर्शनको होडबाजी नै चलिरहेको छ । प्रतिनिधि सभा विघटनस“गै दुई समूहमा विभाजित नेकपा काठमाडौंलगायत देशभर शक्ति प्रदर्शनमै व्यस्त छन् । गत ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा बिभाजित भएको हो ।

एक समूहको नेतृत्व नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले र अर्को समूहको नेतृत्व नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले गरिरहेका छन् । प्रतिनिधि सभा पुनस्र्थापना माग गर्दै काठमाडौंमा दाहाल–नेपाल समूहले गत १४ माघमा शक्ति प्रदर्शन गरेको थियो । यसपछि ओली समूहले काठमाडौंमै २३ माघमा शक्ति प्रदर्शन गर्यो ।आज दाहाल नेपाल समूहको नेकपाले फेरि शक्ति प्रदर्शन गर्दै छ । स्रोतका अनुसार सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनसम्बन्धी विचाराधीन मुद्दा प्रभावित गर्ने उद्देश्यले शक्ती प्रदर्शन भइरहेको हो । निर्वाचन आयोगमा नेकपा आधिकारिता विषयमा जारी प्रक्रियासमेत प्रभावित बनाउँने उद्देश्यले दुबै समूह एकपछि अर्को शक्ति प्रदर्शन गर्न खोजिरहेको स्रोतको दाबी छ ।‘नेकपाका कतिपय नेता–कार्यकर्ता कुन समूहमा जाने ?’ भन्ने विषयमा खुल्न सकिरहेका छैनन्,’ स्रोतले भन्यो, ‘उनीहरूलाई खुलाउन तथा विचाराधीन मुद्दा प्रभावित पार्ने उद्देश्यले दुबै समूह शक्ति प्रदर्शनको होडबाजीमा छन् ।’

काठमाडौं जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निर्वाचन माहौल तयार गर्न शक्ति प्रदर्शन गरेको बताएका थिए । गत शुक्रबार नारायणहिटी दरबार संग्रहालय अगाडि भएको जनसभामा उनले मुलुक ताजा जनादेशका लागि निर्वाचनमा होमिएको दाबीसमेत गरे ।‘सरकारलाई आफ्नै पार्टी नेताबाट काम गर्न नदिइएकाले प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जानुपरेको’ बताउँदै ओलीले ‘संसद्मा जोडघटाऊ गरेर सरकारलाई अप्ठयारोमा पारेर किचलो गर्ने काम (दाहाल–नेपाल)ले गरेको’ आरोपसमेत लगाएका थिए ।सरकारले २०७८ को १७ र २७ वैशाखमा प्रतिनिधि सभा निर्वाचन दुई चरणमा गर्ने निर्णय गरिसकेको छ । त्यसअनुसार निर्वाचन आयोग तयारीमा जुटेको छ । विभिन्न राजनीतिक दलस“ग आयोगले छलफलसमेत थालिसकेको छ ।नेकपा ओली समूह नेता कर्णबहादुर थापा ‘विखण्डनवादी र गुटबाज’ पार्टीबाट निस्केपछि नेकपा सक्रिय र चलायमान बनेको बताउ“छन् । दाहाल–नेपाल हुञ्जेल पार्टी र सरकारको काममा अवरोधमात्रै गरिरहेको बताउँदै उनले अहिले पार्टी र सरकारको काम तीव्र गतिमा अघि बढिरहेको बताए ।तत्कालीन एमाले र माओवादीबीच एकतापछि पार्टी र सरकारका कामबारे जनतालाई जानकारी दिने उद्देश्यले विभिन्न कार्यक्रम गर्ने निर्णय केन्द्रीय कमिटीको बैठकले गरेको थियो । ‘तर, (दाहाल–नेपाल)का कारण कुनै सभा हुन सकेनन्,’ थापाले भने, ‘अहिले उहाँहरू गुटगत कुरा गर्दै हि“डनुभएको छ, हामीले पार्टी निर्णयअनुसार सरकारका कामबारे जानकारी गराइरहेका छौं ।’

यद्यपि, नेकपा ओली समूहले भनेको दाहाल–नेपाल समूहले स्वीकार गरिरहेको छैन । सो समूहले प्रधानमन्त्री ओलीको प्रतिनिधि सभा विघटन कदम ‘असंवैधानिक र अलोकतान्त्रिक भएको’ भन्दै पुनस्र्थापना मागसहित आन्दोलन गर्दै आएको छ । नेकपा दाहाल–नेपाल समूह स्थायी कमिटी सदस्य एवं आन्दोलन परिचालन संघर्ष समिति सहसंयोजक गणेश साहले ओलीले संविधान मिचेकाले त्यसको रक्षाका लागि आन्दोलनको विकल्प नभएको बताए ।‘प्रधानमन्त्रीले संविधान र लोकतन्त्र लत्याउने काम गरिरहेका छन् । हामीले त्यसको रक्षाका लागि आन्दोलन गरिरहेका हौं,’ साहले भने, ‘प्रतिनिधि सभा विघटनदेखि संवैधानिक आयोग पदाधिकारी नियुक्तिलगायत विषयमा भएको मनपरी तन्त्र रोक्दै विधि, पद्दति, कानुन स्थापित गराउनु हाम्रो दाईत्व हो ।’दुबै समूहले प्रस्तुत गर्ने आ–आफ्नो दावी एकठाउँमा भए पनि पार्टी एकतापछि कार्यक्रमबिहीन बनेको नेकपाका विभिन्न कार्यक्रमले कार्यकर्ताले राजनीतिक रूपमा प्रशिक्षित हुने मौका पाइरहेका छन् ।

काठमाडौंसहित देशका विभिन्न ठाउँमा ठुला सभा, भेलालगायत भइरहेका छन् । नेता–कार्यकर्ताबीचको सम्बन्ध दोहोरो प्रगाढ बन्दै गएको अनुभवसमेत गरिन थालिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]