कुवेतमा सात जना नेपाली महिला पक्राउ परेका छन्।घरेलु कामदारलाई भगाएर अर्को साहूलाई बेचेको आरोपमा कुबेत प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
म्यानपावर कम्पनीको इजाजत नलिई काम गरिरहेका महिलालाई आर्थिक प्रलोभनमा पारी अवैध हैसियत वनाएर बेचबिखन गर्दै आएको आरोपमा सात नेपाली महिलालाई पक्राउ गरिएको कुवेतबाट प्रकाशित अरब टाइम्सले जनाएको छ।
पक्राउ परेका नेपाली महिलालाई मानव बेचबिखनसम्बन्धी कानुन अनुसार कारबाही हुने कुबेत प्रहरीले जनाएको छ।