एजेन्सी – दक्षिण कोरियाको राजधानी सियोलमा कुकुर र बिरालोमा कोरोना भाइरस संक्रमणको परिक्षरण गरिने भएको छ । घरपालुवा कुकुर र बिरालोमा कोरोनाको लक्षण देखिएपछि परिक्षण हुने भएको हो ।
सियोल शहरको स्थानीय प्रशासनले यसको बारेमा जानकारी दिएको छ । केहि हप्ता पहिला दक्षिण कोरियामा जनावरमा पहिलो पटक एउटा बिरालोमा कोरोना संक्रमण देखिएको थियो ।
समाचार एजेन्सी योनहापको रिपोर्ट अनुसार, महामारीको रोकथामको लागि घरपालुवा जनावरलाई पनि आइसोलेसनमा राखिने भएको छ ।