१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ २९, २०७७

कोरोनाविरुद्धको दोस्रो चरणको खोप अब महिला स्वास्थ्य स्वयंसेविकामा लक्षित गर्दै आउँदो फागुन २ गतेदेखि सञ्चलानमा ल्याउने भएको छ । सरकारले पहिलो प्राथमिकतामा महिला स्वास्थ्य स्वयंसेविकालाई लिएको छ ।

कोरोनाविरुद्धको पहिलो चरणमा एकैपटक देशभरका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र फ्रन्टलाइमा कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनमा खटिने व्यक्तिहरुलाई लक्षित गरी माघ १४ गतेदेखि ११ दिनसम्म लगाइएको थियो ।भारत सरकारले माघ ८ गते नेपाल सरकारलाई उपहार स्वरुप १० लाख डोज कोरोनाविरुद्धको खोप हस्तान्तरण गरेको थियो ।पहिलो चरणको खोप तोकिएका व्यक्तिहरुका लागि ४ लाख ३० हजार डोज तोकिएको भए पनि एक लाख ८७ हजार मात्र खोप खपत भएकाले सोही बचेको खोप यूएन एजेन्सी, कूटनीतिक नियोग, पत्रकारलाई दिने सरकारले निर्णयअनुसार सोमबारदेखि ५ दिनका लागि निजामती कर्मचारी अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल र गंगालाल हृदय केन्द्र तोकिएको छ ।

फागुन २ गतेदेखि दोस्रो चरणमा सेवा प्रदायक सरकारी कार्यालयका कर्मचारी, पत्रकार, पहिला छुटेका स्वास्थ्यस्वयंसेविका र गाउँपालिकाका कर्मचारी र प्रतिनिधिलाई दिने योजना रहेको डा. झलक गौतमले बताउनुभयो ।अहिलेसम्म २ लाखको हाराहारीमा खोप लगाइएको र थप तीन लाख डोज अझै दिन सकिने भएकाले दोस्रो चरणका लागि विभिन्न क्षेत्रका निकायलाई तोकिएको गौतम बताउनुहुन्छ । खोपको सदुपयोगका लागि स्वास्थ्य मन्त्रालयले अत्यन्तै सोचविचारका साथ कोलचेन मेन्टेन गर्दै प्रयोगका लागि वितरण गर्दै आएको बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]