पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले महिलाले विदेश जाँदा अभिभावकको स्वीकृति चाहिने प्रावधान ल्याउनु हाँस्यास्पद भएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा प्रतिक्रिया जनाउँदै डा. भट्टराईले यसको सशक्त प्रतिरोध गर्न आह्वान गरेका छन् ।उनले लेखेका छन्, ‘महिला विदेश जाँदा अभिभावकको स्वीकृति चाहिने कुरा संविधानले प्रत्याभूत गरेको लैंगिक समानता र स्वतन्त्रताको हकविरुद्ध मात्र हैन, देशलाई मध्ययुगतिर फर्काउने हाँस्यास्पद जमर्को पनि हो । प्रतिगमन राजनीतिक मात्रै हैन, सँगसँगै सामाजिक/सांस्कृतिक सबै क्षेत्रमा हुँदैछ ! सशक्त प्रतिरोध गरौं ।’