सप्तरीमा थप १५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४६२ पुग्यो
१२ साउन, सप्तरी । सप्तरीमा थप १५ जनामा कोरोना संक्रमण भेटिएको छ । यससँगै जिल्लामा कूल संक्रमतिको संख्या ४६२ पुगेको छ ।
तिलाठी कोइलाडी गाउँपालिका वडा नं. २ लौनियाँका ४०, २२, ५१, २९, २७ वर्षीय पुरुष, वडा नं. ६ का २२ वर्षीय पुरुष, राजविराज नगरपालिका वडा नं. ३ का २४, वडा नं. ८ का २७ वर्षीय पुरुष, बलान बिहुल गाउँपालिका १ का २६ वर्षीय पुरुष, वडा नं. २ का २० वर्षीय पुरुष, वडा नं. ३ का ४, १० र २० वर्षीय पुरुष, वडा नं. ४ का २३, ३५ पुरुषमा कोरोना संक्रमण भेटिएको हो ।
उनीहरु विभिन्न क्वारेन्टाइनमा रहेको र आइसोलेशनमा ल्याउने तयारी भइरहेको स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियालाल यादवले बताए ।