०५ आश्विन २०८१, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ २९, २०७७

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले चालू आवको छ महीनामा रू. १३ करोड ६९ लाख नाफा कमाएको छ ।

यो नाफा गत आवको सोही अवधिको तुलनामा ४९ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. ९ करोड १६ लाख नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको आम्दानी ४३ प्रतिशतले वृद्धि भएकाले नाफा बढेको हो ।गत आवको दोस्रो त्रैमासमा कम्पनीले रू. १६ करोड ८१ लाख आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. २४ करोड १७ लाख पुगेको हो । चुक्तापूँजी रू. १ अर्ब रहेको उक्त कम्पनीले जगेडा कोषमा रू.३७ करोड ७२ लाख सञ्चित गरेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको बीमा कोषमा रू. ९० करोड ८ लाख जम्मा भएको छ ।

सोही अवधिमा कम्पनीको कुल बीमाशुल्क रू. १ अर्ब २६ करोड २० लाख आर्जन भएको छ । त्यसैगरी कम्पनीको जारी बीमालेखको संख्या १ लाख ४१५ ओटा पुगेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]