०८ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, आश्विन ३०, २०७७

काबुल । अफगानिस्तानका लागि अमेरिकी विशेषदूत जाल्मे खलिलजादले अमेरिका–तालिबान बीचको सम्झौताको पूर्ण कार्यान्वयनमा प्रतिबद्धता व्यक्ति गर्न तालिबान समूहलाई आग्रह गरेका छन् ।

अफगानिस्तानमा पछिल्लो समय हिंसात्मक घटना बढेका प्रति चिन्ता व्यक्त गर्दै विशेषदूत खलिलजादले शान्तिप्रतिको अफगानी जनताको भावनालाई सम्मान गर्न आग्रह गरेका छन् ।
उनले ट्वीट मार्फत भनेका छन्, “तालिबान समूहसँग म र जनरल मिलरले धेरै चरणमा प्रत्यक्ष भेटवार्ता र छलफल गरेका छौं । यी बैठकमा अमेरिका–तालिबानबीच भएका सम्झौता र व्यक्त सबै प्रतिबद्धताहरुको कार्यान्वयनमा सहमति भएको छ ।”

उनले अहिले ठूलो संख्यामा अफगानी जनताहरु मारिएको बताउँदै सरकार र तालिबान दुबै पक्षबाट हिंसामा कमी ल्याउन पहल हुने विश्वास व्यक्त गरेका छन् ।
हालै मात्र तालिबान समूहले गरेका आक्रमणप्रति संकेत गर्दै विशेषदूत खलिलजादले हालैका साताहरुमा आक्रमणका घटनामा वृद्धि भएका र त्यसले शान्ति प्रक्रियालाई नै धरापमा पार्न खोजेको बताएका छन् ।
उनले भनेका छन्, “हामी हाम्रा तर्फबाट भूमिका निर्वाह गर्नेछौं र त्यसको कार्यान्वयनको पूर्ण सक्रियताका साथ अनुगमन गर्नेछौं । यस कार्यमा सहयोग गर्ने हाम्रा अन्तर्राष्ट्रिय साझेदारहरुलाई निरन्तरको सहयोग र समर्थनका लागि आभार व्यक्त गर्दछौं ।”

तालिबानका प्रवक्ता मोहम्मद नसिमले ट्वीट गर्दै समूहका प्रमुख वार्ताकार मौलबी अब्दुल हकिमले अमेरिकी विशेषदूत खलिलजाद र जनरल मिलरसँग भेटघाट गर्नु भएको बताएका छन् । कतारको दोहामा भएको भेटवार्तामा उनहरुबीच शान्ति सम्झौताको कार्यान्वयनका विषयमा विस्तृत छलफल भएको प्रवक्ता नसिमले जानकारी दिएका छन् ।

नेटो सैन्य प्रमुख जेन्स स्टोल्टेन्बर्गले पनि अमेरिकी विशेषदूतसँग भेटवार्ता गरी अफगानिस्तानको पछिल्लो स्थितिका बारेमा छलफल गरिएको स्टोल्टेन्बर्गले ट्वीट मार्फत जानकारी गराउनु भएको छ ।

उनले दोहा वार्ताले शान्ति स्थापनार्थ एउटा उत्कृष्ट मौका सिर्जना गर्ने विश्वास व्यक्त गर्दै तालिबान समूहले आफ्ना प्रतिबद्धता पूरा गर्नुपर्ने तथा हिंसात्मक घटनामा कमी ल्याउनु पर्नेमा जोड दिएका छन् ।
स्थानीय संचार माध्यमहरुका अनुसार हेल्मान्ड प्रान्तको लस्करगाह र त्यस वरपर विगत छ दिनदेखि तालिबान समूह र सरकारी फौजबीच भिडन्त जारी छ । बुधबार मात्र हेल्मान्डको नवा जिल्लामा प्राविधिक गडबडीका कारण सेनाको एमआई–१७ हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा कम्तीमा ९ जनाको ज्यान गएको थियो ।

तालिबान समूहले प्रान्तीय राजधानी र आसपासका क्षेत्रमा संगठित आक्रमण गरेको थियो । अधिकारीहरुका अनुसार सोमबार राति लडाकू बिमानको सहयोग समेत लिएर अफगान कमान्डोले लस्करगाहमा तालिबान लडाकू विरुद्ध कारबाही गरेको अफगान रक्षा मन्त्रालयले जनाएको छ ।
हालैका दिनमा जारी भिडन्तका कारण हजारौं व्यक्ति अन्यत्र पलायन भएका छन्

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]