०५ आश्विन २०८१, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ ३०, २०७७

काठमाडौँ– बजाज मोटरसाइकलको सबै भेरियन्टको मूल्य बढ्दा यस पटक एउटा भेरियन्टको मूल्य घटेको छ ।

बजाजको आधिकारीक विक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले बिक्री गर्दै आएको पल्सर १५० को मूल्य घटाएको छ ।नेपालमा बिक्री हुने १५० सीसी सेग्मेन्टमा बजाज पल्सर १५० को हिस्सा करिब ५० प्रतिशत रहेको छ । यस्तोमा कम्पनीले यसको मूल्य घटाएर बजारमा आफ्नो पकड अझै बलियो बनाउन चाहेको देखिन्छ ।कम्पनी व्यवस्थापनका अनुसार अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि अनुसार नै यस वर्ष धेरै मूल्य बढाउनु पर्ने अवस्था आए पनि उत्पादक कम्पनीसँग नै पहल गरेर पल्सर १५० मा मूल्य घटाइएको हो ।

यसअघि २ लाख ६५ हजार ९०० रुपैयाँमा बिक्री हुँदै आएको पल्सर १५० अब नयाँ मूल्य अनुसार २ लाख ६३ हजार ९०० रुपैयाँ तोकेर बिक्री वितरण सुरु भएको छ ।

यस्तो छ पल्सर १५०
सन् २००१ मा नेपाल आएको पल्सर १५० डिजाइनको कारण नै निकै चर्चामा रहन सफल भएको थियो । कम्पनीले हरेक वर्ष यसको डिजाइनमा केहि न केहि परिमार्जन गर्दै आइरहेको छ ।विशेषत युवा लक्षित डिजाइनमा आएको पल्सर १५० मस्कुलर र स्पोर्टी लुक्सको कारण नै यसमा ग्राहकको आकर्षण बढेको हो । यसमा दिइएको स्टाइलिस हेडल्याम्प, मस्कुलर फ्यूल ट्याङ्कको कारण यसको लोकप्रियता बढ्दै गएको हो ।यसमा रहेको सेमिडिजिटल इन्ट्रुमेन्ट कन्सोल, क्लीप अन ह्यान्डलबार, इन्जिन किल स्वीच, ट्यूवलेस टायर, डिसी हेडल्याम्प जस्ता फिचरलाई ग्राहकले धेरै रुचाएको पाइन्छ ।पल्सरको सफलतासँग जोडिएको अर्को विषय यसमा रहेको डिटिएसआई इन्जिन हो । यसमा रहेको १४९ सीसी क्षमताको १५.१ पीएस पावर र १२.५ एनएम टर्क प्रदान गर्ने छ । यसमा ५ स्पीडको गियरबक्स दिइएको छ । कम सीसीमा धेरै पावर भएको मोडलमा पल्सर १५० पर्दै आएको छ ।

पल्सर १५० माइलेजको कारण पनि धेरैको रोजाइमा पर्दै आएको छ । यसमा रहेको डिटिएसआई टेक्नोलोजीले यसको माइलेजलाई निकै मजबुद बनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]