एजेन्सी । अमेरिकन टिकटक स्टार डेझरिया ले आन्त्महत्या गरेकी छिन् । १८ वर्षीया ति किशोरीले आत्महत्या गर्नु अघि एउटा भिडियो शेयर गरेकी थिइन्, जसलाई उनले अन्तिम पोष्ट भन्दै क्याप्सनमा लेखेकी थिइन् ‘ओके मलाई थाहा छ सबैलाई इरिटेड गरिराछु । यो मेरो अन्तिम पोष्ट हो ।’
डेली मेलले उल्लेख गरे अनुसार डेझरियाको मृत्युको खबर उनको परिवारका सदस्यले पुष्टि गरेका छन् । डेझरियाका बाबाले लेखेका छन् ‘मेरी छोरीले हामीलाई छाडेर गई सधैका लागि ।’
डेझरिया सामाजिक सञ्जालमा निकै सक्रिय थिइन् । टिकटकमा उनको फ्यान फ्लोइङ निकै राम्रो थियो । इन्स्टाग्राम र युट्युबमा पनि बिनकै सक्रिय थिइन् ।