०५ आश्विन २०८१, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ ३०, २०७७

चीनले बीबीसी विश्व सेवा झूटो र पक्षपाती भएको दाबी गर्दै त्यसमाथि प्रतिबन्ध लगाएको छ ।

बेलायतले चीनको सरकारी च्यानल सीजीटीएनलाई प्रसारण गर्न नदिने बताएको एक हप्तापछि चीनले प्रतिकारात्मक कारवाही गरेको हो । बीबीसीले प्रसारण नियमहरूलाई गम्भीर रूपमा उल्लंघन गरेको आरोप चीनले लगाएको छ । उसले चीनको हितलाई क्षति गरेको र राष्ट्रिय एकतालाई अवमूल्यन गरेको चीनको आरोप छ ।बेइजिङले यसअघि बीबीसीबाट कोरोनाभाइरसका विषयमा र सिन्ज्याङमा उइगुरु मुसलमानहरूको दमनको कभरेज भएको भन्दै झूटो खबर प्रसारण गरेको आरोप लगाएको थियो ।

गत साता बेलायती नियामक ओफकमले सीजीटीभीको प्रसारण अनुमति खारेज गरिदिएको थियो र बेइजिङले प्रतिकार गर्ने धम्की दिएको थियो ।
ओफकमको निर्णय सार्वजनिक भएलगत्तै चीनले बीबीसीविरुद्ध कोभिड–१९ को कभरेजका क्रममा झूटो खबर दिएको भनी आपत्ति जनाएको थियो ।

यससँगै हङकङका प्रसारकहरूले बीबीसीका कार्यक्रमहरू प्रसारण नगर्ने भएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]