१९ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण ०१, २०७७

मुगु — सोरु गाउँपालिकामा म्याद नाघेको नुन वितरण गरेको पाइएको छ । ठेकेदार सर्जन बुढाले दुई वर्षअघि म्याद सकिएको भानु नुन वितरण गरेका हुन् ।

सन् २०१६ मा उत्पादन भई सन् २०१८ मा म्याद सकिएको आयोडिन भानु नुन ठेकेदार बुढाले स्थानीयलाई वितरण गरेको फेला परेको सोरुकोट इलाका प्रशासन प्रमुख खडगबहादुर बस्नेतले बताए । उत्पादन भएको मितिले २ वर्षको मात्र म्याद हुने र त्यसपछि उपभोग गर्न नमिल्ने उनको भनाई छ । म्याद सकिएको थाहा पाएपछि ३ बोरा नियन्त्रण लिएको बस्नेतले बताए ।ठेकेदार, साल्ट ट्रेनिङ कर्पोरेसनका कर्मचारीले माघ २७,२८ र २९ गते सोरुकोटमा उपभोक्तालाई म्याद नाघेको भानु नुन वितरण गरेको पाइएको इलाका प्रशासन कार्यालय सोरुकोटले जनाएको छ ।पहिले नै धमाधम म्याद सकिएको नुन वितरण गरिसकेको रहेछ इलाका प्रशासन प्रमुख बस्नेतले भने, ‘सकिने बेला म्याद नाघेको नुन वितरण भयो भन्ने हल्ला आएपछि नुनको पोका ल्याएर हेर्दा हो रहेछ ।’

ठेकेदारले सोरुकोटमा म्याद नाघेको नुन वितरण गरेको थाहा भएपछि तारापानीमा भानु नुन बिक्री वितरणमा रोक लगाए पनि आदेशको अवज्ञा गरी नुन वितरण गरेको इलाका प्रशासनको भनाई छ ।गाउँका स्थानीयले नुनको म्याद नै नहेरेर पाउने बित्तिकै भारी गरेर घर फर्किने चलनले गर्दा ठेकेदारको मनपरी हुने गरेको छ ।जस्तो दिए पनि खान्छन् भनेर कहिले कुहिएको चामल, कहिले म्याद नाघेको नुन ठेकेदारले बिक्री गर्न थालिएको स्थानीयको आरोप छ ।यो चालु आर्थिक वर्षमा सोरु गाउँपालिकाको सोरुकोटमा ६ सय क्विन्टल र तारापानीमा ६ सय क्विन्टल आयोडिन भानु नुन बिनियोजन गरिएको छ ।

उक्त नुन वितरणमा ठेकेदारसहित साल्ट ट्रेनिङ कर्पोरेसनका कर्मचारी जिल्ला प्रशासन कार्यालयबाट एक जना प्रतिनिधि र प्रहरी चौकी प्रमुखको रोहबरमा नुन वितरण गरिँदै आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]