काठमाडौं – एनसीसी बैंकले २५ लाख कित्ता संस्थापक शेयर लिलाम बढावढमा बिक्री खुला गर्ने भएको छ । बैंकले फागुन २ गते आइतबारबाट उक्त शेयर लिलाम बढावढमा बिक्री खुला गर्ने भएको हो ।
यसको विक्रि गर्ने जिम्म एनबि ग्रुपले पाएको छ । ग्रुपले विभिन्न ६ वटा संस्थाका नाममा रहेका शेयरमध्ये २५ लाख कित्ता शेयर बिक्री गर्न लागेको छ ।बैंकले साबिकका संस्थापक शेयरधनी सहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन गर्न पाउने गरी ठूलो परिमाणको शेयर बिक्री खुला गर्न लागेको हो ।
लिलामी शेयरमा न्यूनतम १४० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लिलामी शेयरमा फागुन ९ गतेसम्म सनराइज क्यापिटल कमलपोखरी, काठमाडौंमा आवेदन दिन सकिनेछ ।