सप्तरी – मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ३ नंं प्रदेशले २६ औं जनयुद्ध दिवसको अवसरमा युवा मार्चपासको आयोजना गरेको छ।
काठमाडौंको शान्तिबाटिकाबाट सुरु भएको र्याली पुरानो बसपार्क, शहीदगेट, सुन्धरा, वायुसेवा निगम, न्युरोड गेट, वीरअस्पताल हुँदै पुनः शान्तिबाटिकामा पुगेर जनसभामा परिणत भएको छ ।
नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले २६ वटा मशाल बालेर र २६ वटा तोप पड्काएर भव्य रुपमा जनयुद्ध समारोह तथा जनसभाको शुभारम्भ गरे।