०५ आश्विन २०८१, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण ०१, २०७७

भद्रपुर, (झापा) – झापा र इलाम जिल्लाका ग्रामीण क्षेत्रमा इन्टरनेट सेवा प्रदान गर्दै आएका कम्पनीले सर्वसाधारणलाई ठगी गर्दै आएको रहस्य खुलेको छ। विभिन्न केवल नेटवर्क कम्पनीले इन्टरनेट सेवा बापत तोकिएको भन्दा तीन गुणासम्म बढी रकम असुल्दै ठगिरहेका हुन्‌।

झापाको मेचीनगर नगरपालिका–३ दोकान डाँडामा कार्यालय रहेको इन्जा केवल नेटवर्क प्रालिले ब्रोडलिङ्क ब्रान्डको इन्टरनेट सेवा प्रदान गरेबापत झापाको बाहुण्डागी र इलामको रोङ गाउँपालिका क्षेत्रका करिब ७ सय ग्राहकबाट तोकिएको भन्दा १० हजार रुपैयाँसम्म बढी रकम असुलेको पाइएको छ।
सो कम्पनीले १० एमबीपीएस रफ्तारको इन्टरनेट जडान बापत ४५ सय रुपैयाँ लिनुपर्नेमा १६ हजार ५ सय रुपैयाँसम्म असुल्दै आइरहेको छ। कम्पनीका सञ्चालक महेन्द्र लावतीले शुरूमा जडान गर्दा लाग्ने ४ हजार ५ सय रुपैयाँको इन्टरनेटलाई १७ हजार ५ सय रुपैयाँ र मासिक ११ सय ३० रुपैयाँको ठाउँमा १२ सय रुपैयाँ असुल गर्ने गरेको रोङका स्थानीय उपभोक्ता मनि स्याङ्बोले बताए।

बाहुनडाँगी र इलामको दक्षिणी क्षेत्रलाई दुई वर्ष अघिसम्म केवल सिग्नल मात्रै दिँदै आएको कम्पनीले अहिले इन्टरनेट सेवा समेत प्रदान गर्न थालेको छ। तर, दुर्गम ठाउँमा इन्टरनेट पुर्‍याएको बहानामा कम्पनीले मनपरी रकम असुल गरेको रोङका उपभोक्ता कुमार मोक्तानले बताए।त्यति मात्रै होइन, वर्षभरिको लागि एकै पटक रकम जम्मा गरेका ग्राहकको रकम समेत असुलेर कम्पनीका सञ्चालक लावती आफैँले चलाएकाले हरेक महिनाको अन्तिममा इन्टरनेटको लाइन काटिदिने गरेको मेचीनगरका उपभोक्ता मानबहादुर पाण्डेले बताए। इन्जा केवल नेटवर्क कम्पनीका सञ्चालक महेन्द्र लावतीले आफूले जबरजस्ती इन्टरनेट जडान गरिदिएको नभई गाउँ–गाउँमा इन्टरनेट सुविधा पुर्‍याएबापत बढी रकम असुलेको बताए।

‘यस विषयमा कुनै पनि उपभोक्ताको गुनासो भए फाइबरको तार लिएर आउँछौ, पैसा फिर्ता गराइ सेवा बन्द गरिदिन्छौं,’ उनले भने। इन्टरनेटको बढ्दो माग र ग्रामीण क्षेत्रका स्थानीयको सोझोपनको फाइदा उठाउँदै मनपरी रकम असुलेर ठगी गर्ने यस्ता कम्पनी उपर नियमनकारी निकायले भने खासै चासो देखाएको छैन।

सरकारबाट इन्टरनेट सेवा प्रवाहका निमित्त लिएको लाइसेन्सको समेत दुरुपयोग गर्दै कम्पनीले उपभोक्ताहरूलाई ठगिरहेका छन्। यस्ता कम्पनीलाई तत्काल कारबाही नगरे उनीहरूको ठगी धन्दा झन् मौलाउँदै जाने स्थानीय उपभोक्ताहरूले बताएका छन्‌।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]