एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले अलाभेसमाथि ५–१ गोलअन्तरको फराकिलो जित निकालेको छ।
क्याम्प नाउमा सम्पन्न खेलमा घरेलु टोली बार्सिलोनाका लागि लियोनल मेसी र फ्रान्सिस्को ट्रिन्काओले समान दुई–दुई गोल गर्दा जुनियर फिर्पोले थप एक गोल गरे ।अलाभेसका लागि लुइस रिओजाले एक गोल गर्दा अन्य खेलाडीले कुनै गोल गर्न सकेनन् ।
जितसँगै बार्सिलोना अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। तालिकाको शीर्षस्थानमा रहेको एट्लेटीको मड्रिडले २१ खेलबाट ५४ अंक जोड्दा बार्सिलोना र रियल मड्रिडले समान २२ खेलबाट ४६ अंक जोड्दै क्रमस दोस्रो र तेस्रो स्थानमा रहेका छन्।