१० मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण ०२, २०७७

अफगानिस्तान र इरानको सीमा क्षेत्रमा शनिबार एउटा इन्धन ट्यांकरमा बिस्फोट हुँदा विशाल आगलागी भएको छ।

दुबै देशका अधिकारीहरूका अनुसार हेरात प्रान्तको इस्लाम क्वाला क्षेत्रमा भएको बिस्फोट र आगलागीमा परी ६० जना मानिस घाइते भएका छन् इन्धन र ग्यास बोकेका पाँच सय बढी ट्रक जलेका छन्।स्थानीय समयअनुसार शनिबार दिउँसो १:१० र १: ४२ मा उक्त क्षेत्रमा दुई ठूला बिस्फोट भएका थिए। यी दुई बिस्फोट यति ठूला थिए कि अन्तरिक्षमा रहेको नासाको स्याटेलाइटले पनि त्यसको तस्बिर खिचेको थियो।

के कारणले बिस्फोट भएको हो भन्ने अहिलेसम्म खुल्न सकेको छैन।हेरात चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका प्रमुख युनुस क्वाजिजादाले बिस्फोट र आगलागीमा ५ करोड डलरको क्षति भएको बताएका छन्।आगलागी रातिसम्म जारी थियो। अफगान अधिकारीहरूले आगो नियन्त्रणमा लिन इरानबाट आउने बिजुलीको लाइन बन्द गरेका थिए। अबेर रातिमात्रै आगलागी नियन्त्रणमा लिइएको थियो।हेरात र इस्लाम क्वालाबीचको सडकलाई निकै जोखिमपूर्ण मानिन्छ। आपराधिक समूहहरूले आक्रमण गर्न सक्ने डरले अफगानहरू राति यो सडक प्रयोग गर्दैनन्।इरान आउने-जाने सवारी, एम्बुलेन्सले अन्य आपतकालीन सवारीलाई सुरक्षा दिन ठाउँठाउँमा सुरक्षाकर्मीले चेक प्वाइन्ट राखेका छन्।

हेरात सहरबाट १२० किलोमिटर पश्चिममा रहेको इस्लाम क्वाला इरान र अफगानिस्तानको मुख्य व्यापारिक नाका हो। अमेरिकाले अफगानिस्तानलाईइरानबाट इन्धन र तेल ल्याउन छुट दिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]