११ मंसिर २०८१, मंगलबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण ०२, २०७७

नवलपरासी – जनता समाजवादीका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली नयाँ महाराजा भएको बताएका छन्।

पश्चिम नवलपरासीको परासीमा आयोजित पत्रकार भेटघाटमा बोल्दै नेता महतोले महाराजाकै शैलीमा केपीले प्रतिनिधिसभा विघटन गरेर प्रतिगमन गरेको बताए।महतोले संविधान जारी गर्ने समयमा अन्तरिम संविधानमा भएका व्यवस्थाहरू समेत कटौती गरेर तत्कालिन एमाले, माओवादी, नेपाली कांग्रेस लगायतका दलहरूले सहमतिमै संविधानमाथि प्रतिगमन गरेको जिकिर गरे।जारी गर्ने समयमै संविधानमाथि प्रतिगमन भएकोमा अहिले फेरी नयाँ महाराजा ओलीले दोस्रोपटक प्रतिगमन गरेको उनले बताए। ओलीकै कारण नेपाली जनताले वर्षौं संघर्ष गरेर प्राप्त गरेको संविधानसँगै हालसम्म प्राप्त सबै उपलब्धि गुम्ने खतरा बढेको पनि महतोले बताए।

ओलीको प्रतिगामी कदमविरुद्ध जसपा शुरूदेखि नै विरोधमा रहे अब संयुक्त आन्दोलनको विकल्प नरहेको भन्दै महतोले त्यसका लागि पहिला सडकमा रहेको नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस तयार हुनुपर्ने धारणा व्यक्त गरे।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]