१३ मंसिर २०८१, बिहिबार
wait Please...
नेपालमा नयाँ प्रजातिको कोरोनाको आंशका !

जिन सिक्वेन्सिङ नेपालमा अब छिट्टै

KChhaKhabar

सोमबार, फाल्गुण ०३, २०७७

काठमाडौं – नेपालमा कोरोना भाइरसको प्रजाति पहिचानका लागि ‘जिन सिक्वेन्सिङ’ गर्ने तयारी थालिएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलकाअनुसार नेपालमै जिन सिक्वेन्सिङ गर्ने तयारी थालिएको हो । विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा हुनेगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा जिन सिक्वेन्सिङ गरिनेछ ।

कोरोना भाइरस संक्रमितको संख्या घटिरहेको बेला नेपालमा पुनः नयाँ प्रजातिको कोरोना संक्रमण देखिन सक्ने भन्दै सचेत रहन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ

महाशाखाका निर्देशक डा. पौडेलले भने, ‘कुनै ठाउँमा कोरोना भाइरस संक्रमण फैलियो, कोही ठाउँमा गम्भीर बिरामी बढे अथवा मृत्युदर बढ्दै गयो भने जिन सिक्वेन्सिङ गर्न सकिन्छ ।’ उनले जिन सिक्वेन्सिङका लागि प्रोटोकल तयार रहेको भन्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै जिन सिक्वेन्सिङ गराउने प्रयास जारी रहेको बताए । जिन सिक्वेन्सिङका लागि सरकारी प्रयोगशालालाई पहिलो प्राथमिकतामा राखिने राष्ट्रिय स्वास्थ्य नीति २०७६ मा उल्लेख छ ।

यसैबीच, कोरोना भाइरस संक्रमितको संख्या घटिरहेको बेला नेपालमा पुनः नयाँ प्रजातिको कोरोना संक्रमण देखिन सक्ने भन्दै सचेत रहन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । कोरोना कहर नसकिएको भन्दै हेलचेक्र्याइँ नगर्न आग्रह गरेको हो । बेलायतबाट फर्किएका तीन जनामा नयाँ भेरियन्ट (प्रजातिको कोरोना भाइरस देखिएपछि अन्य व्यक्तिमा पनि सो भेरियन्ट हुनसक्ने आंशका गरिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नयाँ प्रजाति देखिएका तीन जनाको कन्ट्रयाक्ट ट्रेसिङ गर्दा अन्य व्यक्तिमा ‘एस जिन’ नेगेटिभ आएपछि उनीहरूमा पनि नयाँ भेरियन्ट कोरोना भाइरस भएको आंशका गरिएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]