काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै समयमा निर्वाचन हुने कुरामा ढुक्क रहन आग्रह गरेका छन् ।
सिंहदरबारबाट सरकार गठन भएको तीन वर्ष पूरा भएको उपलक्ष्यमा उपलब्धीहरुबारे जानकारी दिँदै त्यस्तै विश्वास व्यक्त गरेका हुुन् ।त्यस्तै देशलाई अस्थितरतामा जानबाट जोगाउनका लागि आफूले ताजा जनादेशको बाटो रोजेको उनको जिकिर छ । अघिल्लो निर्वाचनमा जनताले आफूमाथि विश्वास गरेको र त्यहि विश्वासका साथ आगामी निर्वाचनमा जान लागेको बताए ।“अस्थिरतामा अब जान दिन हुँदैन । मजबुत सरकारलाई एउटै दलको आफ्नै दलभित्रका आफ्नै सहकर्मीहरुले चल्नै नदिने खालको स्थिती बिडम्बनापूर्ण जटिल स्थिती मा लगियो । राष्टप्रति जिम्मेवार हुँदै फेरि जनताको बिचमा जानुको विकल्प भएन ।” प्रधानमन्त्री ओलीले भने- “बहुमतको सरकार भएपछि पनि केहि प्रवृत्ति देखा परे हिजो गरेका कबुलभन्दा पृथक र पूरा गर्न नसकिने भएपछि । जनताले ममाथि विश्वास दिनुभएको थियो त्यो विश्वास फेरि पनि मैले जनताको बीचमा जानु र त्यो विश्वास गर्न आवश्यक थियो ।”
यदि संसद विघटन नभएको भएपनि दुुई वर्षपछि चुनाव हुने भएकाले त्यसलाई प्रतिगमन भन्न नमिल्ने प्रधानमन्त्री ओलीको दाबी छ । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटनलाई अवहेलना, प्रतिगमन, संविधानको विरुद्धमा आवाज आउँदा मलाई उदेक लागेको बताए ।“त्यसकारण मैले जनताको बीचमा यहाँहरुले दिईएको विश्वास कार्यान्वयन कबुल पूरा गर्न दिईएन । त्यसकारण फेरि जनताको बीचमा जानुपर्छ ताजा जनादेश पाउँ भनेर भन्ने निर्णयमा पुगे । र एउटा नयाँ कदम चाल्नुपरेको हो । प्रतिनिधिसभा विघटन र सिफारिसलाई जनादेशका अवहेलना, प्रतिगमन, संविधानको विरुद्धमा आवाज आउँदा मलाई उदेक लागेको छ ।” प्रधानमन्त्री ओलीले भने ।“संसद विघटनलाई प्रतिगमन भनिएकोप्रति आपत्ती जनाउँदै प्रधानमन्त्री ओलीले प्रतिगमन भनेको के हो ? भन्दै प्रश्न गरेका छन् । साथीहरु लाञ्छाना कति थोपर्नुहुन्छ ? के हो प्रतिगमन भनेको ? निर्वाचन प्रतिगमन हो ? निर्वाचन हुँदा बहुदलिय राजनीतिक प्रणाली समाप्त हुन्छ ? त्यो हामीले रोजेको प्रणाली होईन ? जनताको बीचमा जाँदा जनादेशका लागि प्रतिगमन हुन्छ भने २ वर्ष पछि चुनाव त आउछ नै । केलाई प्रतिगमन भन्नुभएको ? संविधानले कोरेको प्रणाली व्यवस्थाको विपरित गएका छौँ र ? संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु हाम्रो कर्तव्य हो । वैशाख १७ र २७ चुनाव गराउँदैछु । राजनीति गर्नुहुन्छ श्र कि ज्योतिष शास्त्र पढ्नुहुन्छ ? चुनाव नै नहुने भन्ने किन ? उल्टो बाटोतिर हामी फर्केका छैनौँ ।” प्रधानमन्त्री ओलीले भने ।
प्रेस ब्रिफिङमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने- “प्रणालीको रक्षा हाम्रो प्रतिबद्धता हो । व्यवधान फुकाउँदै जनताको आदेश र अभिमतबाट अघि बढ्छौँ भने त्यो प्रतिगमन हुन्छ । छलछाप गरेको विगत भएकाहरुले यस्तो भनेका हुन् । ईतिहासमा जान चाहन्न सरकार ढाल्न र टिकाउन के के खेलहरु भए सबैलाई थाहा छ । जनताको बीचमा जान ताजा बाटोमा जान नयाँ बाटो लिईएको छ । जुनसुकै हालतमा चुनाव हुन्छ । जनताभन्दा माथि कोही छैन । म सरकारमा टाँसीरहन्छु भनेको छैन । टाँसीरहनखोज्यो किन भनियो ? मैले जनमतले राजनीतिक मामिला यो देवानी वा फौजदारी प्रश्न होईन । सार्वभौमसत्ता सम्पन्न राज्यका स्रोत जनतामा जानुपर्छ यो नतिजा दिन नसकेका कारण फेरि जनताको बीचमा जाने र अब आउने निर्वाचनले प्रतिनीधिसभाको अन्तर्यमा अवश्य भिन्नता ल्याउनेछ । अहिलेका कुतर्कको स्रोत तयहि नै हो । कुतर्क गर्न पाईदैन भनेर यसको विरोध भएको हो । परिवर्तन आउँछ र त्यसमा अहिलेका अनुभवलाई लिएर सार्वभौससत्ता जनताले पवरिवर्तन ल्याउनेछन् । प्रणालीमा सुधार भनेको यहि नै हो । यो परिपक्वता यसबाट आउँछ । यत्यसकारण अघिल्लो जनादेश उपयुक्त थियो तर ति छानिएका पात्र राम्रा आएनन् । निर्वाचनको अर्थ हो नयाा पात्रको छनोट । यसको व्वहारिक कार्यान्वयन । प्रणालीमा नयाँ सुधार तर संरचनाको अन्तवस्तु परिवर्तनमा आवश्यक छ । त्यसकारण मैले नयाँ जनादेश पाउँ भनेर अपिल गर्ने अठोट गरेको हुँ । र प्रतिनीधिसभा विघटन गरेको हुँ । जनादेशप्रतिको सम्माान हो । जनताको अगाडी नतमस्तक भएर नयाँ निर्वाचनमा जान ।”जनताको बीचमा जानु अराजक वा लोकतन्त्रविरोधी हर्कत नभएको दाबी गर्दै विजयी हुनेलाई असहयोग गर्ने, पराजित भएर मलाई त्यो चाहियो भन्दै प्रश्न गरेका छन् ।
“निर्वाचनमा पराजित भएर झस्केलाबाट छिरेर प्रधानमन्त्री बन्ने । झस्केलाबाट छिरेर प्रशस्त खालका गतिविधिबाट जनताको चाहनाविपरीत काम गर्नेलाई चाहिएको छ यो सबै कुरा मेटाउँ अनुचित हर्कत गरुँ भनिरहेका छन् । प्रधानमन्त्री ओलीले भने- “जनताको बीेचमा जानु अराजक वा लोकतन्त्रविरोधी हर्कत होईन । विजयी हुनेलाई असहयोग गर्ने, पराजित भएर मलाई त्यो चाहियो भन्ने, विभिन्न प्रकारका अस्वस्थ्य गुटबन्दी समिकरण गर्ने ।”