१९ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण ०३, २०७७

सप्तरी – सेनाले नुवाकोट र लमजुङमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । जनसम्पर्क तथा सूचना निर्देशनालयले नुवाकोटमा २ दिने र लमजुङमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्‍चालन गरेको हो ।

नुवाकोटमा जबरजंग गण र जिल्ला अस्पताल त्रिशुलीको सहकार्यमा किस्पाङ्ग गाउँपालिका-३ स्थित काउले स्वास्थ्य चौकी परिसरमा मिति माघ २७ र २८ गते स्थानीय बासीलाई लक्षित गरि दुईदिने नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेको हो । गणका गणपति, किस्पाङ्ग गाउपालिका प्रमुख छत्रबहादुर लामाको उपस्थिति रहेको शिविरमा जिल्ला अस्पताल त्रिशुलीका हाडजोर्नी, प्रसुती तथा स्त्री रोगलगायतका ४ विशेषज्ञ डक्टर एवं नेपाली सेनाका २ जना डक्टरको टिमले संयुक्त रूपमा स्थानियबासीहरूको स्वास्थ्य परीक्षण गरेको थियो । स्वास्थ्य शिविरबाट पुरुष-१४४, महिला-३२९ र बालबालिका-२६ गरि ४९९ जना सर्वसाधारण लाभान्वित भएका निर्देशनालयले जनाएको छ ।

लमजुङमा फागुन १ गते श्रीजंग गण र जिल्ला अस्पताल वेशीशहरको सहकार्यमा दोर्दी गाउँपालिका-८, बन्सारस्थित फलेनी मा.वि. को प्राङ्गणमा शिविर सञ्चालन गरेको थियो । जिल्ला अस्पताल बेशिसहरका २ र नेपाली सेनाका २ जना डक्टरसहितको १४ जनाको मेडिकल टिमले १ दिने नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेको हो । स्वास्थ्य शिविरमा जनरल चेक अप, फिजियोथेरापी, आँखा, दात, ल्याब टेष्ट, भ्यासेक्टोमी सेवा र ४२ प्रकारका नि:शुल्क औषधि वितरण गरिएको थियो । शिविरबाट ४८६ जना स्थानीय लाभान्वित भएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]