११ पौष २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण ०७, २०७७

जनकपुरधाम – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाली जनताले आफ्नो पटक–पटकको बलिदानीबाट प्राप्त गरेको उपलब्धको सर्वाेच्च अदालतले रक्षा गर्ने विश्वास व्यक्त गरेका छन् ।

७१ औं प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार जनकपुरधाममा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै राउतले वर्तमान अन्यौलताबाट सर्वोच्चले निकास दिने विश्वास व्यक्त गरे । ‘अहिले अन्यौलताको स्थिति छ । ‘भोलि के हुन्छ हुँदैन भन्ने आँकलन भइरहेको छ । देशमा आएको उपलब्धि गुम्छ कि ? जस्ता अन्यौलता छ,’ मुख्यमन्त्री राउतले भने, ‘सर्वोच्चले उपलब्धिलाई बचाउँदै अन्यौलता हटाउनेमा विश्वस्त छु ।’लोकतन्त्र, गणतन्त्र, संघीयताका लागि बलिदानी दिने योद्धा र तीनका परिवार अहिले उपलब्धि हराउने चिन्तामा रहेको बताउँदै यो चिन्तालाई हटाउनुपर्ने उनले बताए ।‘हामीलाई विश्वास छ सर्वोच्च अदालतले संविधानको रक्षा गर्नेछ,’ उनले भने, ‘प्राप्त उपलब्धि कायम गराउँदै नेपाली जनतालाई अहिलेको परिस्थितिबाट निकास दिनेछ ।’

संविधानमा रहेका केही त्रुटीलाई सच्याएर सबैको संविधान बनाउनुपर्छ भन्ने विषयमा मतभेद कायम रहे पनि संविधानले गणतन्त्र, लोकतन्त्र, संघीयता, समावेशितालाई सुनिश्चित गरेको उनले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]