काठमाडौं – पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारणसभा फागुन २९ गते हुने भएको छ । कम्पनीले इन्द्रेणी बैंक्वट, नयाँ बानेश्वरमा विहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ । कम्पनीको बिहीवार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको छ ।
सभाले आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ भने आर्थिक वर्ष २०७७र७८ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
कम्पनीको अधिकृत पूँजी वृद्धिका लागि प्रबन्धपत्रको दफा ६ ९क० मा संशोधन गर्ने प्रस्ताव पारित गरिने बताइएको छ ।