नेपाली बजारमा शुक्रवार सुनको मूल्य १ हजार रुपैयाँले घटेको छ । यस दिन छापावाल सुन प्रति तोला ८८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीवार यस्तो सुन प्रति तोला ८९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस दिन तेजाबी सुन प्रति तोला ८७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार, शुक्रवार चाँदी प्रति तोला १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भइरहेको थियो ।
बिहीवार चाँदी १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो । बिहीवारको तुलनामा शुक्रवार चाँदीको मूल्यमा ३० रुपैयाँको गिरावट आएको छ ।