प्रभु बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सिन्धुलीको भानुभक्त माध्यमिक विद्यालयलाई १० थान कम्प्युटर, ३ थान प्रिन्टर र स्क्यानर उपलब्ध गराएको छ।
यही फागुन ४ गते भानुभक्त माध्यमिक विद्यालय तिनकुना, सिन्धुलीमा आयोजित एक समारोहमा प्रभु बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरलले विद्यालयलाई उक्त सामग्रीहरु हस्तान्तरण गरेका हुन्।उक्त कार्यक्रममा शशी श्रेष्ठ र लिलामणि पोखरेलको विशेष उपस्थिति रहेको थियो।त्यसैगरी कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, विद्यालयमा अध्यापनरत शिक्षक शिक्षिका, विद्यार्थी लगायत अभिभावकहरुको समेत उपस्थिति रहेको थियो।
हस्तान्तरित कम्प्युटर तथा प्रिन्टरको माध्यमबाट विद्यालयको शैक्षिक गतिविधिमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।