२८ भाद्र २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण ०७, २०७७

हेटौंडा – वागमती प्रदेशसभाको बैठक अन्योल बनेपनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक बोलाउन माग गरेको छ ।

मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध अविश्वासको प्रस्ताव पेश भएपनि निक्र्यौल हुन नसक्दा राजनीतिक संकट उत्पन्न भएको भन्दै तत्काल बैठक बोलाएर निकास दिन कांग्रेसले सभामुख सानुकुमार श्रेष्ठलाई आग्रह गरेकोछ ।मुख्यमन्त्री पौडेलको दबाबमा सभामुख श्रेष्ठले पटक–पटक प्रदेशसभा बैठक स्थगित गरेर स्वातन्त्र व्यवस्थापिकाको मूल्यमान्यतामा ठेस पुर्याएको कांग्रेसको आरोप छ ।प्रमुख प्रतिपक्षी कांग्रेस वाग्मती प्रदेश संसदीय दलले विज्ञप्ति जारी गर्दै प्रदेशसभाका बैठक लगातार स्थगित गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संसदीय दलका सचिव निमा लामाद्वारा जारी विज्ञप्तिमा फागुन ५ गते बस्ने तय भएको प्रदेशसभा बैठक सूचना टाँसेर स्थगित गरिएको भन्दै तत्काल प्रदेशसभा सञ्चालनको माग गरिएको छ ।विज्ञप्तीमा नेकपाका दुबै समूह र कांग्रेस सहितको बैठक सञ्चालन गर्ने सहमति भएपनि सूचना टाँसेर विशेष कारण भन्दै स्थगित गरेकामा असहमति जनाएको उल्लेख छ ।

विज्ञप्तीमा भनिएको छ, ‘संसदीय अभ्यासको मर्म र भावनाविपरीत अचानक भएको यस्तो कार्य पटक–पटक दोहोरिँदा सभामुखको गरिमा र मर्यादा घट्ने र प्रदेशसभाको भूमिका कमजोर देखिनेतर्फ गम्भीर हुनु जरुरी छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]