०८ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, कार्तिक ०६, २०७७

सप्तरी – यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत गएराति सम्पन्‍न खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले सहज जीत हात पारेको छ । सातौं जीत निकाल्ने क्रममा उसले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हरायो ।

खराब प्रदर्शन गरेको कोलकाताले दिएको ८५ रनको सामान्य लक्ष्य बैंगलोरले १३.३ ओभरमा केवल २ विकेटको क्षतिमा पूरा गर्‍यो । उसका लागि ओपनर देवदत्त पडिक्कलले सर्वाधिक २५ रन बनाए भने गुरकिरत सिंह मान २१ रनमा अविजित रहँदा कप्तान विराट कोहलीले पनि अविजित १८ रन बनाए । कोलकाताका लकी फर्गुसनले १ विकेट हात पारे ।

यसअघि अबुधाबीमा टस जितेर ब्याटिङ रोजेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८४ रन मात्र बनाउन सक्यो । सुरुवातदेखि नै धर्मराएको कोलकाताको पारीलाई कप्तान इयान मोर्गानले केही हदसम्म भएपनि सम्हाले । मोहम्मद सिराजले एकै ओभरमा राहुल त्रिपाठी र नितिश राणालाई आउट गरेपछि दबाबमा आएको कोलकाताका ओपनर शुभमन गिल पनि आउट भएपछि कोलकाता ३-३ को अवस्थामा पुगेको थियो ।

त्यसपछि टम बेन्टन दिनेश कार्तिक र प्याट कमिन्स पनि सस्तैमा आउट भएपछि कोलकाता ४०-६ को दयनीय अवस्थामा पुग्यो । कप्तान इयान मोर्गानले सर्वाधिक ३० रन बनाए । कोलकातालाई सस्तैमा समेट्न बेंगलोरका मोहम्मद सिराजले ३, युजुभेन्द्र चहलले २ तथा नवदीप सैनी र वासिङटन सुन्दरले १-१ विकेट लिए ।

जीतसँगै १० खेलमा १४ अंक बटुलेको बैंगलोर अंकतालिकाको दोस्रो स्थानमा उक्लन सफल भएको छ भने पराजित कोलकाता १० खेलबाट १० अंकसहित चौथो स्थानमा रहेको छ ।

प्रतियोगिताअन्तर्गत बिहीबार बेलुका राजस्था रोयल्स र सनाइजर्स हैदराबादबीच प्रतिष्पर्धा हुनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]