मुम्बई– बलिउडमा ८० को दशकमा निर्माण भएका हिन्दी फिल्मका लोकप्रिय गीतका गीतकार सन्तोष आनन्दको स्थिति निकै दयनीय अवस्थामा पुगेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
सन्तोष आनन्दले प्रेमरोग, रोटी कपडा और मकान तथा शोर जस्ता फिल्महरुका लागि उत्कृष्ट गीत रचना गरेका छन् ।उनले रचना गरेका गीतहरुमध्ये मोहब्बत है क्या चीज, इक प्यारका नगमा है, मेघ रे मेघा रे मत जा तू परदेश, जिन्दगी की ना टूटे लडी जस्ता गीतहरु सदाबहार छन् ।
यद्यपि, अहिले सन्तोष आनन्दको स्थिति त्यति राम्रो छैन र उनी आर्थिक संकटको सामना गरिरहेका छन् ।सन्तोष आनन्दका छोरा संकल्पले सन् २०१४ मा आत्महत्या गरेका थिए ।
उनी स्वयं अहिले शारीरिक रुपले लाचार छन् ।उनै गीतकार सन्तोष चाँडै नै इन्डियन आइडल १२ मा देखा पर्दैछन्, जहाँ उनले आफ्नो पछिल्लो अवस्थाका बारेमा सम्पूर्ण जानकारी दिएका छन् ।उनले आफूसंग पैसा नभएको, बिल तिर्नसमेत पैसा नभएको तथा शारीरिक रुपले पनि कमजोर भएको कुरा उल्लेख गरेका छन् ।ईन्डियन आइडलकी निर्णायक गायिका नेहा कक्कडले गीतकार सन्तोष आनन्दलाई ठूलो सम्मान तथा प्रेम व्यक्त गरिन् ।
नेहाले कार्यक्रमकै क्रममा सन्तोष आनन्दलाई ८ लाख रुपैयाँ आर्थिक सहयोग समेत हस्तान्तरण गरिन् ।सन्तोष आनन्दको जन्म बुलन्दशहरको सिकन्दराबामा भएको थियो ।उनले फिल्म पूरब और पश्चिममार्फत आफ्नो करियरको थालनी गरेका थिए ।उनले रचना गरेको पहिलो गीत थियो ‘एक प्यारका नगमा है…’, जसलाई सन् १९७२ मा प्रदर्शन भएको ‘शोर’ फिल्ममा सुनिएको थियो ।उक्त गीतलाई मुकेश तथा लता मंगेशकरले पाएका थिए तथा लक्ष्मीकान्त–प्यारेलालले संगीतबद्ध गरेका थिए ।आर्थिक सहयोग
बलिउडमा ८० को दशकमा निर्माण भएका हिन्दी फिल्मका लोकप्रिय गीतका गीतकार सन्तोष आनन्दको स्थिति निकै दयनीय अवस्थामा पुगेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।सन्तोष आनन्दले प्रेमरोग, रोटी कपडा और मकान तथा शोर जस्ता फिल्महरुका लागि उत्कृष्ट गीत रचना गरेका छन् ।उनले रचना गरेका गीतहरुमध्ये मोहब्बत है क्या चीज, इक प्यारका नगमा है, मेघ रे मेघा रे मत जा तू परदेश, जिन्दगी की ना टूटे लडी जस्ता गीतहरु सदाबहार छन् ।
यद्यपि, अहिले सन्तोष आनन्दको स्थिति त्यति राम्रो छैन र उनी आर्थिक संकटको सामना गरिरहेका छन् ।सन्तोष आनन्दका छोरा संकल्पले सन् २०१४ मा आत्महत्या गरेका थिए ।उनी स्वयं अहिले शारीरिक रुपले लाचार छन् ।उनै गीतकार सन्तोष चाँडै नै इन्डियन आइडल १२ मा देखा पर्दैछन्, जहाँ उनले आफ्नो पछिल्लो अवस्थाका बारेमा सम्पूर्ण जानकारी दिएका छन् ।
उनले आफूसंग पैसा नभएको, बिल तिर्नसमेत पैसा नभएको तथा शारीरिक रुपले पनि कमजोर भएको कुरा उल्लेख गरेका छन् ।ईन्डियन आइडलकी निर्णायक गायिका नेहा कक्कडले गीतकार सन्तोष आनन्दलाई ठूलो सम्मान तथा प्रेम व्यक्त गरिन् ।नेहाले कार्यक्रमकै क्रममा सन्तोष आनन्दलाई ८ लाख रुपैयाँ आर्थिक सहयोग समेत हस्तान्तरण गरिन् ।
सन्तोष आनन्दको जन्म बुलन्दशहरको सिकन्दराबामा भएको थियो ।उनले फिल्म पूरब और पश्चिममार्फत आफ्नो करियरको थालनी गरेका थिए ।उनले रचना गरेको पहिलो गीत थियो ‘एक प्यारका नगमा है…’, जसलाई सन् १९७२ मा प्रदर्शन भएको ‘शोर’ फिल्ममा सुनिएको थियो ।
उक्त गीतलाई मुकेश तथा लता मंगेशकरले पाएका थिए तथा लक्ष्मीकान्त–प्यारेलालले संगीतबद्ध गरेका थिए ।