१९ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण ०८, २०७७

नेकपा ओली समूहका सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाले प्रचण्ड–माधव समूहले आतंकित र भयभित भएपछि ‘ओली सरकारका दुई मन्त्री आफ्नो समूहमा आउँदै छन्’ भन्ने भ्रम फैलाएको आरोप लगाएका छन् ।

ओली समूहले विराटनगरमा शनिबार आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै थापाले अवसरवादी र प्रतिक्रियावादीको प्रयास सफल नहुने दाबी गरे । प्रतिनिधिसभा विघटन प्रतिगामी कदम भनेर पनि भ्रम फैलाइएको उनले बताए । जनतामा जानु लोकतान्त्रिक कदम भएको उनको जिकिर छ । थापाले देशलाई अस्थिरतातिर धकेल्ने षड्यन्त्र भएको उनले बताए । बाह्य नभई आन्तरिक शक्तिले नै अस्थिरतातर्फ धकेल्ने षड्यन्त्र गरिरहेको दाबी गरे ।अवसरवादी, फुटवादी र गुटवादीहरूले असामान्य परिस्थिति सिर्जना गरेको थापाको दाबी छ । देशको विकासलाई कसरी अवरुद्ध गर्ने भन्नेमा लागेका प्रतिगामीहरू अहिले उत्साहित भएको थापाको जिकिर छ । थापाले जनता अस्थिरताको विरुद्धमा र लोकतन्त्रको रक्षाका निम्ति एकताबद्ध भएको बताए । उनले राष्ट्रिय अखण्डता र राष्ट्रिय स्वाभिमानका निम्ति नेपाली जनता लामबद्ध भएको बताए ।

देश द्रुत गतिमा समाजवाद र समृद्धिको दिशातर्फ अगाडि बढेको थापाले दाबी गरे । तीन वर्षको कार्यकालमा सुशासनलाई सुदृढ गर्ने काम सफलतापूर्वक गरेको पनि थापाले जिकिर गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]