सुर्खेत – सुर्खेतमा बर्डफ्लु भित्रिएको छ। वीरेन्द्रनगर–१२ नौलोटोलमा दुई वटा कुखुरा फर्ममा बर्डफ्लु देखिएको हो।
बर्डफ्लु देखिएपछि आज झण्डै ४०० कुखुरा र परेवाहरु नष्ट गरिएको छ। पशुसेवा विभागको केन्द्रीय प्रयोगशालाले सुर्खेतमा बर्डफ्लु पुष्टि गरेको हो।
केही दिनअघि सुर्खेतमा बर्डफ्लु आशंका लागेपछि परीक्षणका लागि केन्द्रमा पठाएका थियौँ’ पशुपन्छी विकास निर्देशनालय कर्णाली प्रदेशका सूचना अधिकारी कृष्णप्रसाद चपाईले भने, ‘बर्डफ्लु पुष्टि भएपछि झण्डै ४०० कुखुरा र परेवा नष्ट गरिएको छ।’
बर्डफ्लु देखिएपछि तत्काललाई भारतबाट कुखुरा ल्याउन प्रतिबन्ध लगाउने, शंकास्पद स्थानमा परीक्षण गर्ने र कुखुरा नष्ट गरेका कृषकलाई राहत वितरण लगायतका कार्यक्रमहरु गर्ने सूचना अधिकारी चपाइले बताए।